बझाङमा एमालेका भण्डारी २६६ मतले विजयी

धनगढी- बझाङ-१ (क)मा भएको प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले विजयी भएको छ । एमालेका दमनबहादुर भण्डारी २६६ मतले विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६६ मतले पछि पार्दै भण्डारी विजयी भएका हुन् ।

एमालेका भण्डारीले ११ हजार ६१२ मत प्राप्त गरेका छन् भने कांग्रेसका सिंहले ११‍ हजार ३४६ मत प्राप्त गरेका छन्।

यस्तै, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ९६७ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१३ मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search