६ करोडको लगानिमा कावासोतिमा सायरा ग्रुप कम्पनी खुल्दै

कावासोती । पुर्वी नवलपरासीको कावासोतिमा सायरा ग्रुप प्रा.लि. नामक कम्पनी खुल्ने भएको छ । बैदेशिक रोजगारिमा रहेका युवाहरु द्वारा कावासोतिमा नया कम्पनी खोल्ने भएका हुन । नेपालमै लगानी गरि नेपालकै माटोलाई चिनाउने हितुले कम्पनी खोल्न लागेको हो । लामो समय सम्म बैदेशिक रोजगारिमा रहेका युवाहरु अब आफू मात्र हैन अन्य जो बैदेशिक यात्रामा हुनुहुन्छ उहाहरुको सोचाईमा पनि परिवर्तन ल्याउन यसो गर्न लागेको ती युवाहरु बताउछन । नवलपुरको मुटु मानिने कावासोतिमा नै सायरा ग्रुपको नाम बाट प्राईभेट कम्पनी दर्ता गरि सामग्री उत्पादन गराई मेड ईन नेपाललाई नेपाल भित्र मात्र नभई बिदेश सम्म चिनाउने उनिहरु बताउछन । कम्पनिमा के बन्छ भन्ने कुरा नखुलाए पनि कम्पनिले ५०-६० जना कामदारलाई रोजगारी दिने गरि काम गर्ने स्रोतले जनाएको छ ।

युवाहरुले सुरु गर्न लागेको कम्पनिमा धेरैको जिज्ञासा र चासोहरु रहेतापनी उक्त कम्पनिमा काम गर्ने कामदारहरुलाई दशै तिहारमा चार्डवाड खर्च र कम्पनिको हरेक वार्षिकोत्सबको समयमा हरेक कामदारलाई इमान्दारिता र लगनशिलताको हिसावले बोनस पनि दिने योजनामा रहेको सायरा ग्रुप प्रा.लि का संचालक बताउछन ।

आफुहरुले उत्पादन गरेका सामान हरेक पसल पसलमा पुर्‍याउन डिजिटल प्रणाली द्वारा प्रत्यक पसलहरु सँग सहकार्य गरि कार्य गर्ने छ । उत्पादन र मुनाफाकै आधारमा ग्राहक र सहजिकरणकर्ता हरुलाई समेत सुबिधा र बेनिफिटका योजना रहेको समेत उनी बताउछन । कम्पनिमा सेयर बिक्री बितरण के कसरी संचालन हुने भन्ने कुरामा संचालक भन्छन

“संचालनमा आएको एक बर्ष कम्पनिको बारेमा हेर्नुहोस अनुगमन गर्नुहोस त्यतिन्जेल सम्म कम्पनिले केही घाटा नाफाको डाटा अवश्य तयार पार्नेछ त्यसको आधारमा तपाईहरु लगानी गर्नुस अहिले नै लगानी गर्नुस भनेर हामी भन्दैनौ, इमान्दारीताको कमाई खाने हो सबैले तपाईहरु सँग नचलेको कम्पनिमा लगानी हाल्नुस नै भन्नू गलत हो ।”

बरु तपाईहरु कम्पनी सँग एक बर्ष सम्म सहकार्य गरेर नजिक बाट नियाल्दै कम्पनिलाई उठाउन सक्नुहुनेछ त्यो तपाईहरुको हातमा भर पर्छ ।

कम्पनी कावासोतीको फलफुल चोक देखि माथी ५ कठ्ठाको क्षेत्रफलमा खोल्न लागिएको हो । कम्पनिको लगानी यतिनै गर्ने भन्ने कुरा संचालकले नखुलाए पनि स्रोतको अनुसार ५-६ करोडको हाराहारिमा बन्ने जनाएको छ ।

अब युवाहरु बिदेश हैन इच्छाशक्ति राख्छन भने युवाको खाचो देशलाई छ । यहि आउनुस सहकार्यमै काम गरौं संचालक समिती बताउछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search