सूर्योदय वोमी लघुबित्त बित्तीय संस्था लिमिटेड लामाचौर स्टेशनको अर्ध बार्षिक समिक्षा तथा अन्तरक्रिया गोष्ठी पोखरामा सम्पन्न

सूर्योदय वोमी लघुबित्त बित्तीय संस्था लिमिटेड लामाचौर स्टेशनको अर्ध बार्षिक समिक्षा तथा अन्तरक्रिया गोष्ठी पोखरामा सम्पन्न भएको छ ।

संस्थाको लामाचौर स्टेशन अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा गोष्ठि सकिएको हो। लमजुङ, तनहु, कास्कि, पर्बत, बाग्लुङ , म्याग्दि र मुस्ताङ गरि जम्मा ०७ जिल्लाका १० वटा शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा कार्यक्रम सकिएको लामाचौर स्टेशन अन्तर्गत शाखा कार्यालय करापुटारका शाखा प्रमुख देबेन्द्र लम्सालले जानकारी दिनुभयो । उहाले संस्थाको विभिन्न १५ वटा स्टेशन कार्यालयहरुको अर्ध बार्षिक समिक्षा तथा अन्तरक्रिया गोष्ठी गर्ने योजना अनुसार आज पोखरामा कार्यक्रम गरिएको बताउनुभयो ।

लामाचौर स्टेशन कार्यालयका अनुगमन अधिकृत मेख बहादुर आलेले सहजीकरण गर्नुभएको कार्यक्रममा संस्थाका सन्चालक अनन्त कुमार श्रेष्ठ , मानब संसाधन बिभागका बिभागीय प्रमुख रबिन्द्र तिमल्सीना , कर्जा तथा बचत परिचालन बिभाग को बिभागीय प्रमुख निरा अधिकारी , सामान्य सेवा बिभाग प्रमुख सुर्य प्रसाद पौडेल , योजना तालिम तथा सदस्य सुरक्षण बिभाग प्रमुख गोपाल पौडेल , जोखिम बिभाग अन्तरगत स्याङ्जा स्टेशनका बिकास आचार्य लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको उदघाटन सत्रमा वोल्दै संस्थाका सन्चालक अनन्त कुमार श्रेष्ठ ले सदस्यहरुको जीवन स्तर उकास्नको लागि विभिन्न उत्पादनमुखि तालिम ,वित्तीय साक्षरता लगाएतका सदस्य मैत्री तालिमहरु संचालन गर्न शाखा प्रमुखहरूलाई सुझाव दिनुभएको थियो काभ्रेको बनेपामा केन्द्रिय कार्यालय रहेको यो संस्थाले बिगत १२ बर्ष देखि निरन्तर बिपन्न वर्गको उत्थानमा काम गर्दै आएको छ ।साबिकको सुर्योदय लघुवित्त र वोमि लघुवित्त गाभीएर नयाँ संस्था सुर्योदय वोमि लघुवित्त बनेपछि २०७८चैत्र १९ गतेबाट एकीकृत कारोबार सुरु भएको हो । एकीकृत कारोबार पश्चात बनेको यो संस्था नेपालकै उत्कृष्ट संस्थाहरु मध्य एक रहेको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search