भानु कपको उपाधी अभिषेक चर्च रजहरलाई

कावासोती । कावासोतिमा फागुन ११ गतेबाट सुरु भएको दोस्रो भानु कप सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधी अभिषेक चर्च रजहरले जितेको छ ।

शनिबार दिउँसो ३ बजे कावासोती ३ को सितल चौर खेलमैदानमा भएको प्रतियोगितामा हुप्सेकोट स्टार्स,हुप्सेकोटलाइ ५-१ गोल अन्तरले पराजित गर्दै रजहरले उपाधि कब्जा गरेको हो ।

उपाधि जितेसङ्गै रजहरले नगद ५० हजार ५५५ प्राप्त गरेको छ भने उपविजेता हुप्सेकोट स्टार्सले ३० हजार ३३३ नगद सहित ट्रफी हात पारेको छ । प्रतियोगिताका विजेतालाइ नगद तथा ट्रफी फाइनल खेलका प्रमुख अतिथी समाजसेवी महेन्द्र पोखरेलले प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search