धनुषा । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था यदुकुहा शाखाले समूहका महिला तथा अभिभावकका लागि ब्यावसायिक पशुपालन सम्बन्धी तालिम दिएको छ । उक्त संस्थाले आफ्नो कार्यक्षेत्रमा पर्ने विभिन्न केन्द्र करिब ५० सदस्यहरुलाई उद्यमी बनाउने एक दिने तालिम दिएको हो । । सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि.को मधेस प्रदेश अन्तर्गत धनुषा जिल्ला सहिदनगर नगरपालिका ३ मा रहेको शाखाको आयोजनामा १ दिने ब्यावसायिक पशुपालन कार्यक्रम सम्पन भएको छ । सहिदनगर नगरपालिका वाड नम्बर ३ को श्री जनता बिष्णु बिधालयको सभा हलमा सूरु भएको कार्यक्रमको हंसपुर नगरपालिका ६ को वाड सदस्य श्री पानोदेबी र केन्द्र न १ को केन्द्र प्रमुख गुलो देवि ठाकुर हजामले उद्घाटन गर्नु भएको थियो भने पशु बिज्ञ अधिकृत बिष्णुदेव यादव र सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लि का जोखिम तथा असुलि बिभागमा कार्यरत अधिकृत मान प्रसाद फुयाल र अनुगमन स्टेशन कार्यालय लहानको अनुगमन प्रमुख अधिकृत नरेस बहादुर लामा ले मन्तव्य राख्नुभएको थियो।
संस्थाका शाखा प्रबन्धक हरि शंकर मन्डलको अनुसार सहिद नगर नगरपालिका वडा नं. ३ को श्री जनता बिष्णु आधारभुत बिधालयको सभा भवनमा भएको तालिममा ५० जनाबढी महिला तथा पुरुष को सहभागिता रहेको थियो । संस्थाबाट ऋण लिएका महिला तथा अभिभावकलाई उद्यमी बनाएर आयआर्जन गर्नका लागि तालिम प्रदान गरिएको प्रबन्धक मन्डलले बताए ।
तालिममा सहिद नगर नगरपालिका ३ कि केन्द्र न १ केन्द्र प्रमुख गुलो देवि ठाकुर हजामले संस्थाबाट लिएको कर्जाको सही सदुपयोग गरी आर्थिक अवस्था सुधार गर्न सहभागिहरुलाई अनुरोध गरे । यस्तै सोही अवसरमा संस्थाका जोखिम तथा असुलि बिभागमा कार्यरत अधिकृत श्री मान प्रसाद फुयाल ज्युले अहिले देशमा अराजक समुहहरु बढेको र ति समुहहरुले धमिलो पानीमा माछा मार्ने प्रयास गरेको बताए र यसै संस्थाका अनुगमन अधिकृत श्री नरेस बहादुर लामाले वित्तीय साक्षरता सम्बन्धी जानकारी दिएका थिए ।
संस्थाले यसअघि पनि समूहका सदस्यहरुका लागि वित्तीय साक्षरता र सीपमूलक तालिम दिँदै आएको जनाएको छ । पछिल्लो समय ऋण लिएर सही सदुपयोग नगर्दा धेरै महिलाहरु समस्यामा परेका बेला उद्यमशिलता विकासका लागि तालिममार्फत सीप प्रदान गर्न संस्थाले पहल गरेको जोखिम तथा असुलि बिभागमा कार्यरत अधिकृत मान प्रसाद फुयालले बताए ।
यसैबीच तालिमका सहभागिहरुले सीप सिकेपछि लिएको कर्जामार्फत आय आर्जन गर्न सहयोग पुग्ने बताएका छन् ।
संस्थाका अनुगमन अधिकृत नरेस बहादुर लामा ज्युले स्वागत मन्तव्यबाट शूरु भएको थियो कार्यक्रमको संचालन यसै संस्थाका शाखा प्रमुख हरि शंकर मन्डलले गर्नुभएको थियो ।