कावासोती । पाेखरा पन्छी समाजकाे आयाेजना तथा जटायु रेष्टुरेन्ट र चरा शिक्षा समाजकाे संयुक्त आयाेजनामा कावासाेती -१३, गैरी स्थित बघबन लजमा दाेस्राे नेपाल चरा उत्सब-२०२४ आजदेखि शुरू भएकाे छ ।
शुक्रबार बिहान ८:०० बजेदेखि शुरू भएकाे कार्यक्रम २६, २७ र २८ गरी ३ दिन चल्ने आयाेजकले जनाएकाे छ । कार्यक्रमकाे उद्घाटन सत्रकाे अध्यक्षता पाेखरा पन्छि समाजका अध्यक्ष मनशान्त घिमिरेले गर्नुभएकाे थियाे भने प्रमुख आतित्थता कावासाेती नगरपालिका उपप्रमुख फूलकुमारी महताेले गर्नुभएकाे थियाे । कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय संरक्षणकर्मी सँगै बरिष्ट पन्छिबिद् हेमसागर बराल, पन्छिबिद टिकाराम गिरी लगायत बिभिन्न सराेकारवालाहरूकाे उपस्थिती रहेकाे छ ।
त्यस्तै कार्यक्रम स्थलमा जैबिक बिबिधता, बन तथा बनजङ्गल, वाईल्डलाईफ, मैथली हस्तकला लगायत चराका वासिस्थान तथा चरा संग सम्बन्धित विभिन्न स्टलहरू राखिएकाे छ । त्यस्तै कार्यक्रममा बिभिन्न चराहरूकाे फाेटाे प्रदर्शनी समेत राखिएकाे छ भने कार्यक्रमबिच जनचेतना, चित्रकला प्रतियाेगिता, पन्छि अवलाेकन, जङ्गल सफारी, निशुल्क आँखा तथा दात शिविर समेत सञ्चालन गरिने आयाेजकले जनाएकाे छ ।