एनआरएनएको स्पोर्ट्स टुरिजम सम्मेलन सम्पन्न, प्रधानमन्त्री, परराष्ट्रमन्त्री र पर्यटन राज्यमन्त्रीको संदेश

कोरियाको राजधानी सउलमा फेब्रअरी ६, २०२४ मंगलबारका दिन 2024 Sports Global Tourism विषयक एक दिने सम्मेलन सम्पन्न भएको छ ।

2024 Sports Global Tourism नामको एक दिने सम्मेलन नेपालको विकासलाई अगाडि बढाउन नेपालको प्राकृतिक तथा भौगोलिक पर्यावरण अनुसारको पर्यटक खेलकुदलाई सम्बद्र्धन तथा प्रवर्धन गर्ने उद्देश्यले दक्षिण कोरियमा आयोजना गरिएको थियो ।

द. कोरियाको राजधानी सोलस्थित हान्याङ विश्वविद्यालयमा भएको सो सम्मेलन नेपाली राजदूतावास दक्षिण कोरिया, गैरआवासीय नेपाली संघ (एनआरएनए) को ग्लोबल एनआरएन फाउण्डेशन, एनआरएनएका पूर्व अध्यक्ष डा. शेष घले र पूर्व आइसीसी सदस्य जमुना घले गुरुङद्वारा स्थापित-संचालित एमआइटी ग्रुपको एमआइटी फाउण्डेशन र नेपाली राजदूतावास दक्षिण कोरिया, कोरियाको हानयाङ्ग युनिभर्सिटीकोद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो । कार्यक्रमलाइ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) दक्षिण कोरियाले सहकर्ताको भूमिका निर्वाह गरेको थियो ।

सम्मेलनलाई नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सेर्पाली ठकुरीले लिखित रुपमा दिनुहएको शुभकामना संदेश पढेर सुनाइएको थियो। कार्यक्रममा द. कोरियाका लागि नेपाली महामहिम राजदूत डा. ज्योती प्याकुरेल र एनआरएनए आइसीसीका सल्लाहकार तथा अमेरिकाको वासिङ्टन राज्यका लागि नेपालका अवैतनिक महावाणिज्यदूत एसी शेर्पाको समुपस्थिति रहेको थियो।

र्फ्टीङ, साहसिक खेलहरु लगायतका खेलहरु खेलेर विश्वभरबाट पर्यटक भित्र्याउन सकिने धारणा राख्नुभयो। हिमाली स्वर्गको रुपमा विश्मा परिचित नेपालका हिामाली तथा पहाडी क्षेत्रमा अनेकन खेलहरु खेल्न सकिने कुरा व्यक्त गर्नुभयो ।


सम्मेलनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आयोजकलाई धन्यवाद दिँदै नेपाल बिस्तारै खेल क्षेत्रमा प्रगति गर्दै गरेको मुलुक भएको र पर्यटन खेलकुदमा पनि जोड दिनुभएको थियो।

सम्मेलनमा कोरियाको हान्याङ विश्वविद्यालयका अध्यक्ष डा. कि जेओङ लीले खेलकुद पर्यटनको लागि निकै नै सम्भावना भएको नेपालको बारेमा आफ्नो विश्वविद्यालयमा सम्मेलन गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो। खेल र पर्यटन क्षेत्रबीच आन्योन्याश्रीत सम्बन्ध हुने भएकाले त्यसको उजागर गर्न सम्मेलन सफल हुने विश्वास लिएको बताउनुभयो।

हान्याङ विश्वविद्यालयको कलेज अफ पर्फमिङ अर्टस एण्ड स्पोर्टसका डिन प्राध्यापक सेओङ नो लीले केभिड-१९ पछि विश्वमा आर्थिक, सामाजिक र संस्कृतिक हरेक हिसाबले परिवर्तन भएको परिवेशमा मानवजीवनलाई त्यही ढंगले अगाडी बढाउनु पर्ने धारणा राख्नुभयो।

त्यसैगरी हान्याङ विश्वविद्यालयको ग्लोबल हेल्थ एण्ड डेभलपमेन्टका अध्याक्ष डा.दोङउनहान, सिओल न्यास्नल युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्राध्यापक तथा सोलुसन एक्स को.लिमिटेडका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा.सेवान चोई, एमआईटी ग्रुप पाउण्डेसनकी फाउण्डर जमुना गुरुङलगायतले खेलकुद पर्यटन सम्मेलनले आर्थिक, सामाजिक तथा संस्कृतिक क्षेत्रको बहुआयामिक विकासमा नयाँ दृष्टिकोणको विकास गरेको धारणा राख्नु भएको थियो।

सम्मेलनमा MIT Foundation की अध्यक्ष जमुना घले गुरुङ, एनआरएनए आइसीसीका उपाध्यक्षहरु भोमा लिम्बु, थर्क सेन, सचिव जुनु गुरुङ, प्रवक्ता प्रकाश धमला, युथ एम्बासडर दिपेश खत्री लगातय पदाधिकारीहरु, आइसीसी सदस्यहरु, एनआरएनए आइसीसीका सल्लाहकर ,मध्यपुर्बका नेता रामचन्द्र पन्त ,कतारका ncc अध्यक्ष सुनिल घिमिरे तथा ३६० भ्यू रिसोर्ट एलएलसीका निर्देशक स्यामबहादुर तामाङ, एनआरएनए एनसीसी द. कोरियाका अध्यक्ष बिपिनकुमार गुरुङ र पदाधिकारीहरु, सेजोङ विश्वविद्यालयका डिपार्टमेन्ट अफ होटल एण्ड टूरिजम म्यानेजमेन्टका प्रोफेसर होयुङगोङ किम, डालिम् मोनोरेलका प्रमुख कार्यकारी अधिकृत सोङ्गबु सोप, पुसानन्यास्नल युनिभर्सिटीका डिपार्टमेन्ट अफ स्पोट्स साइनसका प्रोफेसर डा.डेभि ओसुलिभान, हान्याङ विश्वविद्यालयका डिभिजन अफ स्पोर्टस इन्डस्ट्री एण्ड साइन्सका प्राध्यापक डा.सुङ मिनकिम लगायत संघ-संस्था र अन्य थुप्रै व्यक्तिहरु उपस्थिति रहेको मिडिया एण्ड पब्लिकेशन कमिटी गैरआवासीय नेपाली संघ जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search