प्रथम जिल्ला स्तरीय खुल्ला मेन्टर क्रिकेट प्रतियोगिता नवलपुरमा हुने

नवलपुर । नवपुरमा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । मेन्टर एजुकेशनको आयोजनामा प्रथम जिल्ला स्तरीय खुल्ला मेन्टर क्रिकेट प्रतियोगिता हुन लागेको आज (मंगलबार) पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

क्रिकेट प्रतियोगिता कावासोती नगरपालिका स्थित कुमारवर्ती बहुमुखि क्याम्पसको प्राङगढमा आगमि फागुन २ गते देखि शुरु हुनेछ ।

नवलपुर जिल्लामा क्रिकेटको विकास सँगै खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको कार्यक्रम संयोजक किरण भुर्तेलले जानकारी दिनुभयो ।

आयोजकका अनुसार हरेक खेल आइसीसीको नियमा अनुसार खेलाइने छ । प्रतियोगितामा कम्तिमा बीस समूहको सहभागिता रहने छन ।

प्रतियोगिताका लागि टीम दर्ता गर्ने अन्तिम मिति फाग’न १ गते दिउँसो चार बजेसम्मको समय तोकिएको छ । टिम दर्ता गर्न रु. ३,००० शुल्क लाग्ने छ । प्रतियोगितामा प्रथम र दोस्रो हुनेले क्रमश : ५१ हजार १ सय ५५ रुपैंया र २५ हजार १ सय ५५ रुपैंया प्राप्त गर्नेछन ।

त्यस्तै म्यान अफ दि सिरीज, उत्कृष्ट ब्याट्स म्यान, उत्कृष्ट बलर घोषित हुनेले ट्रफि र मेडलसहित नगर २ हजार ५०० रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search