माघ १९, नवलपुर ।
विश्व सिमसार दिवस २०२४ काे अवसर पारी आज कावासाेती नगरपालिका भित्रकाे ईकाे करिडाेर अन्तर्गत रहेका मध्यवर्ती सामुदायिक बनहरूमा सरसफाई गरिएकाे छ ।
“सिमसार, मानव जिवनकाे आधार” भन्ने राष्ट्रिय नारालाई आत्मसाथ गर्दै नवलपुर भित्रका संरक्षणकर्मी, पर्यटन तथा हाेटेल व्यवसायी, नेचर गाईड, सामुदायिक बनहरूका प्रतिनिधि, सेना प्रहरी, सराेकारवालाहरू सँगै त्यहाँका स्थानियहरूकाे सक्रियतामा सरसफाई कार्यक्रम सम्पन्न गरिएकाे हाे ।
कार्यक्रम नेचर गाईड एसाेसियसन, नवलपुर र जटायु रेष्टुरेन्टकाे संयुुक्त आयाेजना तथा सहमति नेपाल गैडाकाेट, नेपाल पंछि संघ लगायत बिभिन्न संघसस्थाहरूकाे सहकार्यमा गरिएकाे थियाे । उक्त कार्यक्रममा सहभागीहरूलाई २ भागमा बिभाजन गरि करिब ७ कि.मी. क्षेत्र भित्रका प्लाष्टिक जन्य फाेहाेरहरू संकलन गरिएकाे नेचर गाईड एसाेसियसन, नवलपुरका सचिब सन्देश घिमिरेले बताउनुभयाे । कार्यक्रममा लामेचाैर उपभाेक्ता समितीका अध्यक्ष बासुदेव पाैडेल, अमलटारी उपभाेक्ता समितीका अध्यक्ष केदारनाथ घिमिरे, लाैखानी पाेष्ट रेन्जर स्मृती लामा लगायतका संरक्षणकर्मीहरूकाे उपस्थिती रहेकाे थियाे ।
कार्यक्रमकाे समापनमा बाेल्दै अमलटारी उपभाेक्ता समितीका अध्यक्ष केदारनाथ घिमिरेले यस्ता कार्यक्रमहरू भईरहनुपर्ने र सकेसम्म बनभित्र फाेहाेर फाल्न नदिने तर्फ लाग्नुपर्ने बताउनुभएकाे थियाे । त्यस्तै लाैखानी पाेष्ट रेन्जर स्मृती लामाले बाेल्दै गर्दा सिमसार भनेकाे के हाे र यसकाे महत्व के छ भन्ने बारे प्रकाश पार्नुभएकाे थियाे ।
कार्यक्रम आयाेजककाे तर्फबाट जटायु रेष्टुरेन्ट का अध्यक्ष डि.बि. चाैधरीले कार्यक्रम आयाेजना गर्नुकाे उदेश्य र पछिल्लाे समय बनजङ्गल भित्र हुुने फाेहाेर सँगै यसले पारेकाे असरबारे बताउदै सामुदायले बनजङ्गललाई उपभाेग मात्र नभई संरक्षण पनि गर्नुपर्ने कुरामा जाेड दिनुभएकाे थियाे । सिमसार रहे मानव जीवन रहन्छ भन्दै उहाँले सिमसार बचाउन बिबिध जनचेतनामुलक कार्यक्रमहरू समेत सञ्चालन गर्नुपर्ने बताउनु भयाे । सरसफाई कार्यक्रम आज बिहान ८ बजेदेखि करिब १ बजेसम्म गरिएकाे थियाे ।