नवलपुरमा माघ २६ देखि २८ गते सम्म दोस्रो चरा उत्सव हुने

नवलपुर, माघ १८ गते बिहिबार ।  चराहरूको संरक्षण एवम् पर्यटकीय विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ दोस्रो नेपाल बर्ड फेयर २०२४ (दोस्रो चरा उत्सव) नवलपुरमा हुने भएको छ ।

नवलपुरको कावासोती १३ मा माघ २६ देखि २८ गते सम्म दोस्रो चरा उत्सव हुन लागेको पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरे जानकारी दिनुभयो ।

नेपालमा आउने पर्यटक मध्ये ८ प्रतिशत पर्यटक चरा हेर्न आउने भएकोले यस्ता पर्यटकको आगमन बढाउन र चरा संरक्षणमा सरोकारवालालाई ध्यानाकर्षण गर्न नवलपुरमा दोस्रो चरा महोत्सवको आयोजना गरिएको हो ।

पोखरा पंछी समाजका अध्यक्ष घिमिरेका अनुसार उत्सवका क्रममा पंछी पहिचान तालिम,टे«ल प्याकेज,फोटो प्रर्दशनी,पंछी कला प्रतियोगीता,पेपर प्रस्तुती,चरा संरक्षणमा देखिएका चुनौती र उपायलगायतका विषयमा सरोकारवालाबीच छलफल गरिनेछ ।

पोखरा पंछी समाजको आयोजना, जटायु रेष्टुरेण्ट व्यवस्थापन समिति र बर्ड एजुकेशन सोसाईटीको सहआयोजनामा हुने दोस्रो चरा उत्सवमा नेपालका चरा विद्ध, चरा संरक्षणमा काम गर्ने संरक्षण कर्मी, पर्यटन व्यवसायी, नेपाल सरकारका प्रतिनिधिहरुले छलफलमा भाग लिने जनाइएको छ ।

नवलपुरमा ४ सय ८८ प्रजातिका चरा रेकड भएका छन् । नवलपुर र आसपासको क्षेत्रमा नेपालमा मात्रै पाइने काँडे भ्याकुर अत्यधिक पाइन्छ । यसलाई प्रर्वद्घन गर्नसके नवलपुरको चरा पर्यटनको विकास हुने जटायु रेष्टुरेण्टका व्यवस्थापक एवं संरक्षणकर्मी डिबी चौधरीले बताउनुभयो ।

चरा हेर्न आउने पर्यटक खर्चालु हुने, धेरै समय बिताउने र धेरै जनालाई रोजगारी दिने भएकोले यस्ता पर्यटक भित्रयाउन सके पर्यटन विकासमा महत्वपूर्ण रहने संरक्षणकर्मी चौधरीले बताउनुभयो ।

एक जना चरा हेर्न आउने पर्यटक एक हप्ता देखि एक महिना भन्दा बढि बस्ने गर्दछन् । एक जना चरा हेर्न आउने पर्यटकले चरा गाईड, सहयोगी समेत गरि ३ जनालाई रोजगार दिने पनि उहाँले बताउनुभयो ।

चरा चिनाउने चरा गाईडले दिनमै एक सय डलर (१३ हजार) नेपाली शुल्क लिने भएकोले पनि यस्ता पर्यटकको विकास गर्न सके धेरै युवाले रोजगार पाउने चौधरीले बताउनुभयो । यस अघि सन् २०१८ मा पोखरामा प्रथम चरा उत्सव सञ्चालन गरीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search