राजीनामा माग गर्दै मन्त्री किरातीको पुत्ला दहन

काठमाडौं ।  नेपाली कांग्रेस समर्थित नेवि संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ।

सानोथिमी क्याम्पसमा नेवि संघका केन्द्रीय नेताहरूले मन्त्री किरातीले धार्मिक सद्भाव भड्काउन खाजेको र समाजमा अराजकता फैलाएको भन्दै पुत्ला दहन गरेका छन्।

धार्मिक सद्भाव भड्काउने गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै पुत्ला दहन गरेको सानोथिमी क्याम्पसका एकाई अध्यक्ष एन्जोर कार्कीले बताए। प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काली मन्त्री किरातिलाई बर्खास्त गर्नुपर्ने उनले बताए। ‘धार्मिक स्वतन्त्रतामा खलल पुर्‍याउने कसैलाई छुट छैन। मन्त्री किरातीलाई तत्काल बर्खास्त गर्नुपर्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search