चितवनमा माकुना र ध्रुवे हात्ती सक्रिय सतर्क रहन निकुञ्जको आग्रह

चितवन । चितवनमा माकुना र ध्रवे हात्ती सक्रिया भएका छन् ।

राष्ट्रिय निकुञ्जका सुचना अधिकारी गणेश तिवारीका अनुसार यतिखेर जंगली हात्ती माकुना पुर्वि चितवनका सौराहा लगायतका क्षेत्रमा र ध्रुवे हात्ती पश्चिम चितवनका जगतपुर, मेघौली र माडीका क्षेत्रमा देखा परेको हो ।

चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रका स्थानीयबासीहरूलाई सचेत रहन सुचना अधिकारी तिवारी आग्रह गरेका छन् । जंगली हात्ती देखापर्ने वित्तिक्कै नजिकैको प्रहरी कार्यालय, निकुञ्ज प्रशासन वा ९८५५०९२२६० मा खबर गर्नु नकुञ्ज प्रशासनले अनुरोध गरेको    छ । साथै, जंगल सफारी लगायतका पर्यटकिय गतिविधिहरू सजगता पुर्वक गर्न समेत सम्बन्धीत सबैमा सुचित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search