नेपाली काँग्रेस पार्टीका धनुषा निर्वाचन क्षेत्र नं.२ का पूर्व सभापति राजकिशोर सिँह राजपूतको शालिक अनावरण गरिएको छ ।
सोमबार धनुषाको औरहीस्थित उनकै नीजि निवास हुलाकी सडकमै बनाईएको शालिकलाई काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अनावरण गरेका हुन् ।
नेपाली काँग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पँजीयारको अध्यक्षता तथा पूर्वप्रधानमन्त्री देउवाको प्रमुख आतिथ्यमा औरहीस्थित निर्माण गरिएको राजकिशोर सिँहको शालिकमा माल्यार्पण गर्दै अनावरण गरे ।
कार्यक्रममा कांग्रेस नेता तथा पूर्व उपसभापति विमलेन्द्र निधिले प्रहरी समायोजन गरी सातवटै प्रदेशलाई आफ्नो प्रहरी प्रशासन हस्तान्तरण गर्न आवश्यक रेहेका बताए ।
उनले संविधान जारी भएपछि दुई पटक चुनाव भईसक्दापनि प्रदेशहरुसित आप्mनो प्रहरी प्रशासन र कर्मचारी नभएका कारण प्रदेश सरकारले गर्नुपर्ने काम गर्न नसकिरहेको बताए ।
भारतमा समेत हरेक प्रदेशको आफ्नै प्रहरी प्रशासन रहेको उदाहरण दिँदै नेता निधिले अब कांग्रेसको एजेन्डा भनेको प्रहरी समायोजन, निजामती कर्मचारी हस्तान्तरण र स्थानी तहलाई अधिकार सम्पन्न गराउनु हुने जानकारी दिए ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले, राष्ट्रिय सहमतिको अनुसार सबै दलहरुसंग छलफल गरी देशको आवश्यकतालाई औंल्याउदै देशको हितमा निर्णय गरिने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्द ढुंगाना, नेपाली कांग्रेसका नेता चन्द्र मोहन यादव, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाली कांग्रेसका नेता रामकृष्ण यादव, क्षेत्रीय सभापति नविन गोहिबार यादव, साँसद मुक्ता यादव, विद्यार्थी नेताहरुलगायतको उपस्थिति रहेको थियो ।
स्वर्गीय सिँहका छोराछोरी तथा ज्वाईँले मिलेर पार्कस्थल खाले शालिक निर्माण गरी सभापतिलाई ल्याउनेसम्मको सबै खर्च व्यक्तिगत रुपमा तिरेका हुन् ।