फिलिपिन्समा गयो ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

पूर्वी फिलिपिन्सको मिन्डानाओ टापुमा शनिबार ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।

भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय समयअनुसार राति १० : ३७ बजे हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ।

भूकम्पका कारण कुनै मानवीय तथा अन्य भौतिक संरचनामा क्षति भएकोबारे तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन। फिलिपिन्स भूकम्पको अत्यधिक जोखिम भएको एसियाली मुलुक हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search