कार्तिक २२, कावासाेति
कावासाेति नगरपालिकाले आज एक बिज्ञप्ति जारि गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, विक्री वितरण वा भण्डारण गर्न पूर्णरुपले रोक लगाउने निर्णय गरेको जनाएकाे छ । कावासाेति नगरपालिकाका नगर प्रमुख बिष्णु प्रसाद भुसालद्वारा जारि बिज्ञप्तिमा नेपालीहरूको महान चाड तिहार, छठ जस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला तथा पटाकाजन्य विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्री वितरण र ‘भण्डारण नगर्न नगराउन अनुरोध गरिएकाेछ ।
साथै प्लाष्टिकजन्य मालाले वातावरणीय प्रदूषण हुनका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर पार्ने भएकोले यस कावासोती नगरपालिका अन्तर्गत विभिन्न स्थानहरुमा सयपत्री, गोदावरी, मखमली लगायतका फूलहरु उत्पादन भईरहेको परिप्रेक्षमा प्राकृतिक रुपमा उत्पादन भएका उक्त फुलहरु एवं सो बाट बनेका मालाहरु मात्र प्रयोग गर्न समेत नगरवासिलाई अनुराेध गरिएकाे छ ।
विज्ञप्तिमा बजार अनुगमनका क्रममा नेपाल सरकारको निर्णय विपरित निषेधित कुनै कार्य गरेको पाईएमा कानून बमोजिम कारवाही प्रकृया अगाडी बढाइने समेत जानाईएकाे छ ।