चितवनबाट पिक्निक मनाएर वीरगञ्जतर्फ फर्किँदै गरेको बस दुर्घटना,१ को मृत्युु ११ घाईते

वीरगञ्ज– बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शनिबार राती जलबिरे झरना चितवनबाट पिक्निक मनाएर वीरगञ्जतर्फ फर्किँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस सिमरास्थित राष्ट्रिय बाणिज्य बैंकको भवनमा अनियन्त्रित भएर ठोक्किँदा एक जनाको मृत्यु भएको र ११ जना घाइते भएको बाराका प्रहरी प्रबक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search