पर्यापर्यटनमा लगानी गर्न सके देशको अर्थ बलियो बन्न सक्छ

रमेश बस्ताकोटी,नवलपुर । पर्यटनको माध्यमबाट वातावरण र जैविक विविधताको संरक्षणको साथै स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्‍याउने वातावरणमैत्री पर्यटन नै पर्यापर्यटन अर्थात् ‘इको–टुरिजम’ हो । नेपाल पर्यापर्यटनको लागि निकैनै राम्रो गन्तव्य मानिन्छ । पछिल्लो समयमा ईको टुरिजम विश्वभरिनै फस्टाउँदै गएको पाईन्छ । नेपालको परिप्रेक्ष्यमा पर्यापर्यटनको अवस्था, आधार र सम्भावनाको लेखाजोखा गर्ने हो भने वन मन्त्रालयले सञ्चालन गरेको वन स्रोत सर्वेक्षण सन् २०१४ अनुसार कुल क्षेत्रफल मध्ये नेपालमा ४४.७४ प्रतिशत वन जंगल छ भने २३.६ प्रतिशत भुभाग संरक्षित वन क्षेत्रको रुपमा राज्यसँग सुरक्षित छ, ६४२ जाती वनस्पतीका १७,०२० प्रजाती तथा ३५०,६९९ वैज्ञानिक समुहका १,०६४,०३५ वैज्ञानिक नामाकरण सहितका वनस्पतीहरु, ६०० ओटा रैथाने बनस्पतीहरु, विश्वका फुलफुल्ने वनस्पतिहरु मध्ये २ प्रतिशत वा ६,९७३ प्रजातीहरु यहाँ पाईन्छ । २४६ प्रजातीका फुलफूल्ने वनस्पतीहरु नेपालमा मात्र पाईन्छन् । यस हिसावले हेर्ने हो भने पर्यापर्यटनका लागि हाम्रो देश निकै राम्रो गन्तव्य हो ।
पर्यापर्यटनमा पछिल्लो समय मानिसहरुको ध्यान केन्द्रित भएको पाईन्छ । यसले पर्यटक र स्थानीय समुदाय दुवैका लागि धेरै फाइदा दिने गरेको पाईएको छ । पर्यटक र स्थानीय समुदाय दुबैका लागि यो निकै राम्रो बिषय पनि हो । पर्यापर्यटन ले घुमफिर गर्नेलाई मनोरञ्जन मात्र दिँदैन यसले पर्यावरणको संरक्षणमा समेत टेवा पुर्‍याउँछ । यो लेख नमुना पोष्टमा प्रकाशित गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search