पाल्पा दुर्घटना अपडेट : मृत ६ जनाकै पहिचान खुल्यो, घाईते चालक लोहनीको तानशेनमा उपचार हुँदै

आइतवार बेलुकी पाल्पाको रानीमहल दरबार नजिकै भएको जिप दुर्घटनामा ज्यान गुमाएका ६ जनाकै पहिचान खुलेको छ । चालक घाइते छन् । दुर्घटनामा पुर्वीनवलपरासी देबचुलीनगरपालिका १६ का अन्दाजी ५५÷६० वर्षिया पार्वती लोहनी, ६५ वर्षिय कृष्ण लोहनी, ११ वर्षिय सविस लोहनी, ढाई वर्षिय इशव लोहनी, ३५ वर्षिया सविना ढिटाल र लमजुङ्ग बेशीशहर २ की ५५ वर्षिया चुना ढितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । दुर्घटनामा चालक ३६ वर्षिय इश्वर लोहनीको तानसेन स्थित युनाईट मिशन अस्पतालमा उपचार भैरहेको छ । पर्यटकिय स्थल रानीघाट दरबार पुगेर फर्किएको बाग्मती प्रदेशको ०१—०२६ च — ७२०९ नम्बरको स्कारपियो जिप बैकुण्ठेभिर बाट खोलामा खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search