एनआरएनए कुवैतमा गुण्डागर्दी ( भिडियो सहित )

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् कुवैतको २०२३-२०२५ कार्यकालको कार्यसमितिको सपथ ग्रहण, बार्षिक कार्ययोजना प्रस्तुतिकरण तथा प्रेस मिट कार्यक्रममा अराजक मानसिकता बोकेका मान्छेहरू प्रवेश गरी कार्यक्रममा विथोलेका छन्।

अतिथि वक्ताको रुपमा आमन्त्रण गरिएका कुल आचर्य पक्षका NCC कुवेतका अध्यक्ष राणा ध्वज लामाले एक हुल अराजक शैलीका व्याक्तिहरुलाई नौसाद होटेल फर्वानियाको कार्यक्रमहलमा अबैधानिक रूपमा प्रवेश गराइ कार्यक्रमको व्यानर च्यात्ने, मानसिक थ्रेट दिने र गुण्डागर्दी शैलीमा नवनिर्वाचित कार्यसमितिलाई अमर्यादित शब्दहरूको प्रयोग गर्ने जस्ता कार्य गरेको निवर्तमान अध्यक्ष युवक राईले जानाकारी गराएका छन् उनले एनआरएनए बद्रि समूहको अराजकतावादी निन्दनिय र सामाजिक मुल्य मान्यता विरुद्धको गतिविधि गरेकोमा दुःख व्यक्ति गरेकाछन्।

गैरआवासीय नेपाली संघको नाममा हुने अमानवीय कार्यले संस्थाको गरिमा र संस्था प्रति दिनानुदिन विश्वास गुमेको भन्दै अध्यक्ष विनोद कुँवरलाई एनसिसी कुवैतले तत्काल यस्तो गतिविधि रोक्न बद्रि केसी नेतृत्वको समूहलाई सचेत गराउन अनुरोध गरिसकेको एनआरएनए एनसिसी कुवैतका अध्यक्ष धिरेन सुवेदीले बताएका छन् ।

बद्री केसी नेतृत्वको मध्यपूर्वका समुहले खाडी राष्ट्रका अन्य देशहरूमा समेत गुण्डाहरूको प्रयोग गर्दै विनोद कुँवर पक्षका एनआरएनएका सदस्यहरूलाई दुःख दिने र समाजका अगुवाहरू माथी कुटपिट गर्ने कार्य गर्दै आईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search