नवलपुर, असोज २० । नवलपुरमा बसोबास गर्ने थारु महिलाले निराहार ब्रत बसी जितिया पर्ब मनाइरहेका छन् । हरेक बर्ष थारु जातीले मनाउने जितिया पर्ब यस बर्ष थारु अन्नत पर्बमा पुरषहरुले पनि ब्रत बसेर यो पर्ब मनाइरहेका छन् ।
पर्बको अन्तिम दिन शनिबार महिलाले ब्रत बसेर आइतबार बिधिबत रुपमा जितिया पूजा समापन गर्नेछन् । तराईमा बसोबास गर्ने थारुहरुले मनाउने यो पर्ब यस बर्ष पुरुषहरुले अन्नत पर्बको ब्रत बसेर बिधिपूर्बक मनाउन सुरु गरेको थारु अगुुवा ओमकुमारी महतोले बताउनुुभयो ।
पर्बमा पुुरुषसँगै थारु महिलाले घर–घरमा नाचगानसहित जितिया पर्ब मनाउन सुरु गरेका र यो थारु जातिको परम्परादेखि नै चलनचल्तीमा रहेको छ । यो पर्बमा बिभिन्न पोखरीमा पूजा गर्ने, आफनो दाजुभाइको सुख शान्ति, श्रीमान्, सन्तानकोे दीर्घायु, सुख समृद्धि, मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले जितियाको ब्रत लिने गरिएको नेतृ ओमकुमारी महतोले बताउनुभयो ।
थारु समुदायको महान पर्बका रुपमा रहेको जितिया पर्बमा महिलाले पानी पनि नखाइ शनिबार कठोर ब्रत लिने, सन्तानको दीघार्यु, सुखशन्ति, मनोकामना पूरा हुने बिश्वासका साथ यो पर्ब मनाउने गर्दछन् । थारु महिलाले जितियामा कठोर ब्रत लिइ पुजाआजा गरी ताल तलैयामा पूजा अर्चना गर्ने, दिनभरी रमाइलो गर्ने गरेर यो पर्ब मनाउने गर्दछन ।