नेकपा एमाले गण्डकी प्रदेशको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । बिहिबार भएको मतदानमा उनले अर्का प्रत्यासी मायानाथ अधिकारीलाई पराजित गरे ।
शर्माले ५३१ मत प्राप्त गरे भने अधिकारीले ३६५ मत प्राप्त गरे । यस्तै उपाध्यक्षमा मिनप्रसाद गुरुङ तथा सचिवमा धनज्वय दवाडी विजयी भएका छन् । गुरुङले बाबुराम विश्वकर्मालाई पराजित गरे ।
Post Views: 79