०३ अक्टोबर,२०२३
युएई । नेपाली समाज युएईले गत सेप्टेम्बर १० तारिख आईतवारबाट सुचारु गरेको एक महिने निशुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ । दुबईको बरदुवईमा रहेको किम्सहेल्थ मेडिकल सेण्टर सँगको प्राविधिक र स्थलगत सहकार्यमा नेपाली समाज यूएईले महिनाव्यापी स्वास्थ्य शिविर सन्चालन गरेको थियो ।
युएईमा कार्यरत नेपाली समुदाय लक्षित उक्त शिविर सेप्टेम्बर दोस्रो आइतबार १० तारिखबाट सुरु भइ अक्टोबरको पहिलो आइतबार ०१ तारिख सम्म संचालन भएको थियो । उक्त शिविरबाट करिब १५० जना भन्दा बढि नेपालीहरुले स्वास्थ लाभ लिनु भएको थियो ।
परदेशमा हामी सबै व्यस्त छौं, यही व्यस्तताका बिच पनि हामीले गरेको प्रयासलाई यहाँहरूको उत्साह जनक उपस्थितीले आम श्रमजीवी नेपालीहरु जो सँग स्वास्थ विमा सुबिधा छैन उहाँहरू माझ ठुलो योगदान पुगेकोमा हामि विश्वस्त रहेका छौं संस्थाका महा सचीव केदार कुँवरले भन्नुभयो ।
त्यस्तै स्वास्थ्य शिविर सफल पार्नका लागि महत्वपूर्ण साथ र सहयोगले हामीले यस्ता कार्यक्रमहरु सम्पन्न गर्न सफल भएको महशुष गरे सँगै आगामी दिनमा समेत यस्तै कार्यक्रम गर्नका लागि प्रयास गर्ने प्रण गर्दछौ । साथै उक्त एक महिने शिविर सम्पन्न गर्नका लागि सहकार्य गर्नुहुने किम्सहेल्थ मेडिकल सेन्टर व्यावस्थापन टिम तथा शिविर भव्यताका साथ सम्पन्न गर्न खटिनु हुने सम्पुर्ण पदाधिकारी तथा सल्लाहकारहरु तथा अन्य समस्त सामाजिक अभियन्ताहरुलाई सस्थाका अध्यक्ष बेद प्रसाद अर्यालले धन्यवाद दिनुभएको छ ।