विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS) कतार शाखा निर्माण

सुरेश भट्ट आश्रिन – दोहा,
सहृदयता अन्तर्राष्ट्रियको आह्वानमा प्रवासी नेपाली एकता समाज (पानस) को प्रमुख आयोजनामा ‘विश्वशान्ति तथा अध्यात्म विज्ञान’ समाजका संस्थापक अध्यक्ष योगाचार्य गुरु श्री राजन शर्मा ज्युको प्रमुख आतिथ्यमा नवीन चिन्तन प्रेरणात्मक सत्संग कतारमा सम्पन्न भएको छ ।

प्रमुख वक्ता आचार्य श्री राजन शर्माले विश्वलाई शान्ति दिलाउने मार्ग नेपालबाट शुरुआत भएको योग विश्वव्यापी गर्दै विश्व गुरुराष्ट्र नेपाललाई बनाउने उद्देश्यले विश्वभर ४५औँ समितिहरूले काम गर्दै आएको र नेपालका ७७ जिल्लामा योजनाबद्ध समितिको निर्माण भएको बताएका छन्। उक्त सत्संग कार्यक्रममा पानसका वर्तमान अध्यक्ष श्री तिलक श्रेष्ठ ज्युले सभाध्यक्ष गरेका थिए भने सत्संगमा सांगीतिक कोशेली गायक रामजी पौडेल क्षेत्रीले प्रस्तुत गरेका थिए। रूपक राज राउतले सहृदयता अन्तर्राष्ट्रियको बारेमा र योगको भूमिका विश्वशान्ति तथा अध्यात्म विज्ञान समाजको बारेमा झपट बहादुर कुँवरले प्रकाश पारेका थिए। 

पानसका समाजको प्रमुख सल्लाहकार श्री सुरेन्द्र चन्द्र ज्यूले शुभकामना मन्तब्य राख्नु भएको थियो । कतारमा पनि विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज (GSPSS) शाखाको पनि आचार्य श्रीको सानिध्यमा समिति गठन भएको छ l यो ४५ औँ अन्तर्राष्ट्रिय समिति हो। जसको उद्येश्य नेपाललाई विश्वसामु योगको माध्यमबाट विश्वशान्ति फैलाउनु रहेको रमेश बाँस्तोलाले जानाकारी दिएका छन् ।

यस्तो छ, तदर्थ विश्वशान्ति तथा अध्यात्म विज्ञान समाज कतारको कार्यसमिति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search