देवचुलिमा खुल्यो स्टक ब्रोकर कम्पनी, सेयर कारोबार गर्नेलाइ सहजता प्रदान गर्ने प्रतिबद्धता

देवचुली । सनि सेक्युरिटिज कम्पनि लि. , ब्रोकर नं ४२ ले आफ्नो तेस्रो शाखा ( रिमोट वर्क स्टेशन ) देवचुलि नगरपालिका वार्ड नं १३, दलदले नवलपुरमा संचालनमा ल्याएको छ । नेपाल धितोपत्र वोर्ड तथा नेपाल स्टक एक्चेन्ज लि. काठमाडौ को निर्णय अनुसार सनि सेक्युरिटीज कम्पनिलाई दलदलेमा शाखा सञ्चालन गरी धितोपत्र कारोवार गर्न स्वीकृत प्रदान गरिएको थियो । साथै यस ब्रोकरले हालै धितोपत्र बोर्डबाट धितोपत्रसम्बन्धी पूर्ण कार्य गर्ने धितोपत्र दलाल अनुमति (ब्रोकर लाइसेन्स) प्राप्त गरेको थियो । पूर्ण कार्य गर्ने ब्रोकर लाइसेन्स प्राप्तभएपछि कम्पनीले लगानी परामर्श सेवा, लगानी व्यवस्थापन, मार्जिन कारोबारलगायतका सेवाहरु उपलब्ध गराउनेछ । यससँगै कम्पनीले सूचना प्रविधिमा लगानी विस्तार गर्दै मुलुकका ७ वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search