सुनवल । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको नवलपरासी (ब. सु. प ) सरावल १ तिलकपुर शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ । लघुवित्तले नवलपरासी (ब. सु. प ) जिल्ला बर्दघाट नगरपालिका वडा नं २, आम्बास टोलमा रहेको केन्द्र नं. ४७ कि सदस्य लालसरि गाहा बारघरेको श्रीमानको बैदेशिक रोजगारीको क्रममा मलेसियामा अल्पायु मै मृत्यू भएपछि बीमाको क्षतिपुर्ति रकम सदस्यको श्रीमती लालसरि गाहा बारघरेलाई उपल्बध गराएको हो ।
सदस्य लालसरि गाहा बारघरेले संस्थाबाट दुई लाख कर्जा लिएकोमा मृत्यू पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज दुई लाख मिनाहा गरी तिरेको एक लाख किस्ता रकम समेत फिर्ता गरी सदस्यलाई एकमुष्ट रकम भुक्तानी गरिएको संस्थाका शाखा प्रबन्धक सुन्दर थापा क्षेत्रीले बताए ।
संस्थाले आफना ग्राहक सदस्यहरुलाई आपतकालिन अवस्थामा सहयोग पुर्याउने उदेश्य अनुरुप आवश्यकता अनुसार सहयोग रकम प्रदान गर्दै आइरहेको छ