नवलपुर । नवलपुरमा स्वच्छ सडक अभियान विहिबारदेखि सुरु भएको छ।
जिल्ला ट्राफिक कार्यालय नवलपुरको आयोजना, जिल्ला प्रहरी कार्यालय नवलपुरको र साइक्लिङ ग्रुप कावासोतिको समन्वय तथा साना किसान कृषि सहकारी संस्था लिमिटेड तथा मोटोरोल कम्पनीको सहयोगमा सुरु भएको अभियान अन्तर्गत पहिलो चरण बिहिवार डण्डामा ५० वटा गाडिको चालकहरुलाइ सचेतना सहित डस्टबिन समेत प्रदान गरिएको छ ।
डण्डामा रहेको दलित सामुदायिक बिकास केन्द्रको हलमा औपचारिक कार्यक्रम गरेर सुभाराम्भ गरिएको कार्यक्रममा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो। अन्तरक्रिया सहित सम्पन्न भएको औपचारिक उद्घाटन कार्यक्रमको अध्यक्षता साना किसान सहकारिका अध्यक्ष हरि बस्नेतले गरेका थिए भने प्रमुख अतिथीको रुपमा जिल्ला प्रसाशन कार्यालय नवलपुरका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले स्वच्छ सडक अभियान आफैमा एउटा नमुना सुरुवात भएको भन्दै हामी हाम्रो पुरानो मौलिकता संस्कार र अनुशासन भुल्दै गएको प्रती चिन्ता व्यक्त गरिन ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख भुवनेस्वर तिवारिले स्वच्छ सडक अभियान आफुले सुरु गरेको अभियान भएकोले यस्को निरन्तरर सफलताको लागि आफू निरन्तर लागिराख्ने भन्दै कार्यक्रम आयोजनाको लागि जिल्ला ट्राफिक कार्यालय नवलपुरलाइ विषेश धन्यवाद समेत ज्ञापन गरेका थिए ।
क्लिन रोड इनिसियटिभ कार्यक्रममा हरेको गाडिमा एक एक वटा डस्ट्बिन प्रदान गरिएको र अब कुनै पनि सवारी यात्रुहरुले गाडीभित्र गरेको फोहोरहरु झ्यालबाट बाहिर फाल्न निषेध गरिएको जानकारी गराउदै जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयले निरन्तर कार्यक्रमको प्रभावकारी अनुगमन गरिरहने आयोजक जिल्ला ट्राफिक कार्यालयका प्रमुख गणेश पौडेलले बताए । कार्यक्रममा विभिन्न यातायात व्यवसायी संघका अध्यक्षहरु, अटो व्यबसायीहरु तथा स्थानीयहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन सामाजीक अभियान्ता किरण भुर्तेलले गरेका थिए ।