बेनि नगरपालिकामा लघुवित्तका कर्मचारी कुटीए, कुटपिट गर्नेलाई कारबाहीको माग

बेनी,श्रावन २० गते । नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दी जिल्ला समन्वय समितिले कर्मचारीलाई कुटपिट गर्नेलाई कारबाही गर्न माग गरेको छ । नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष पौडेल माथि कुटपिट गर्ने माथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीलाई ज्ञापनपत्र बुझाइएको छ । उक्त घटना प्रति बैंकर्स संघले भर्‍सना समेत गरेको छ ।

जिल्लाको बेनी नगरपालिका–९,घतान स्थित कोसेपानीमा शुक्रबार बिहान करिब साढे दश बजेको समयमा लघुवित्त कार्यक्रम केन्द्र ०४७ संचालन गर्न गएको समयमा हातपात र कुटपिट गरेको लघुवित्त बैंकर्स संघ म्याग्दी जिल्ला समन्वय समितिकासचिव टिकाराम रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त केन्द्र सदस्य मनकुमारी सुनारका छोरा अन्दाजी २७ वर्षिय सुजन विकले हातपात र कुटपिट गरेका हुन् । लघुवित्त बैंकर्स संघ म्याग्दी जिल्ला समन्वय समितिका अध्यक्ष लक्ष्मण पाठकले प्रहरी नायव उपरिक्षक मदन कुँवरलाई ज्ञापनपत्र बुझाउँदै कर्मचारी माथि कुटपिट गर्नेलाई सार्वजनिक अपराधको मुद्धा चलाउन माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search