कतारको नेपाली दूतावास भित्रै मान्छे कुटिए

दोहा,
गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् कतारको दशौं अधिवेशनको सर्वपक्षीय भेलामा नेपाली राजदूतावासको सभाहलमा जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धि प्रसाद भण्डारी र शनी कुमार ओली कुटिएका छन् । कुटाईमा भण्डारीको कानको जाली फुटेको कतारको हमाद हस्पिटलको रिपोर्टले देखाएको छ ।

दोहाको नेपाली समाजमा घटेको यो पहिलो घटाना भने होईन। यसअघी पनी प्रवासी नेपाली मञ्च कतारका अध्यक्ष प्रभात त्रिपाठी र संस्थापक अध्यक्ष कमलमणी गुरागाँईमाथि पनि हातपात भएको थियो भने समाजका अग्रणी व्यक्तिहरू माथि तथानाम गाली-गलौज भएको बुझिएको छ ।

नेपालीहरूको रोजाई रोजगारीको गन्तव्य बनेको देश कतार आफैँमा विश्वकै सुरक्षित देशभित्र पर्छ। तर त्यहाँको नेपाली समाज दिनानुदिन असुरक्षित र डरलाग्दो भएको छ । समाजका नेतृत्वहरू प्रति दैनिक जस्तै कुटपिटका घटनाहरू घट्दा समाजमा आबद्ध नेपालीहरूले आफूलाई असुरक्षित महसूस गरेकाछन् दोहाको नेपाली समाज कोलाहल र भयवितको स्थितिमा पुगेको छ। घरदेशबाट टाढा प्रदेशमा आफ्नै नेपालीहरू र नेपाली समुदायबाट असुरक्षित हुनुपर्दा दुःखमा श्रमिकहरूको साहारा को बन्ला? भन्ने प्रश्नहरूको जवाफ दिने नेपाली दूतावासमा यतिबेला मौन छ।

दोहाको नेपाली समाजको विग्रिदोँ अवस्थालाई सुधारोन्मुख दिशातर्फ लैजान विभिन्न धारणाहरू ब्यक्त भईरहेका सन्दर्भमा महिला समाजका अध्यक्ष सरिता भण्डारीको भनाई छ- गुण्डागर्दीको अन्त्य नभएसम्म कोही पनि सुरक्षित नरहने, झनै महिलाहरू त समाजमा निस्किनै नसक्ने अवस्थाको सिर्जना भएको उनको भनाई छ।

दोहाको समाजमा घटेको यो घटना गैरआवासीय नेपाली संघ कतारको २३-२५ कार्यकालको लागि बरिष्ठ उपाध्यक्ष पदमा विधान विपरीतको व्यक्तिलाई मो. मुक्तदा मूसलमानले ल्याई हस्तक्षेपका गरेका कारण भएको भण्डारीको फेसबुक वालमा रहेको विज्ञप्तिले जाएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् कतारको २०२३-२०२५ कार्यकालको लागि रमेश भट्ट अध्यक्षमा निर्वाचित भएका छन् भट्टले विभाजित समाजलाई मिलाएर लैजाने तारतम्यता मिलाईरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search