श्रमिकहरूको श्रमको पैसा दुरूपयोग

दोहा, कतार । यतिवेला गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् कतारको राष्ट्रिय अधिवेशनको सरगर्मी बढेसंगै २१-२३ कार्यकालका समिति सदस्यहरूबाटै संस्थाको विषयलाई लिएर तीव्र आलोचना भएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद् कतारका कार्यसमिति सदस्य समेत रहेका सन्तोष पौडेलले हामिलाई बताए अनुसार संस्था र दोहाको समाज गलत बाटोतर्फ हिँडिरहेको बताएका छन् । अहिले दोहामा दुइ NRNA-NCC रहेको छ । NRNA ICC एकताको बजार हल्ला बाहिर आएपनी अर्को पक्षसँगको समन्वय र सहकार्य विना नै एकपक्षीय रूपमा संस्था अघी बढिरहदाँ संस्था खतरान्मुख हुने कुरालाई समाजका अग्रज भनौँदाहरूले समयमै आफनो विवेक प्रयोग नगरे आउँदो कार्यकालमा पनी अहिले जस्तै वेथिती र विसंगतिहरूको विचमा संस्थाको २०औँ स्वर्णिम इतिहासलाई आँचपुग्ने चिन्ता ब्यक्त गरेकाछन ।

संघको २३-२५ कार्यकालको लागी परिषद् सदस्यहरूको संख्या ८९५१ जना प्रमाणित भएको श्रमिक परिषद् सदस्यहरूबाट संकलित २२३७७५ /- कतारी रियालबाट जनहि सदस्य तिन अमेरिकी डलरको दरले NRNA lCC लाई झण्डै ३९ लाख नेपाली रकम दिनुपर्नेको कारण खोजेका छन् विशुद्ध सामाजिक संस्थालाई दोहा र अन्तर्राष्ट्रिय नेताहरूले राजनीतिकरण गरि नजिक आसपासे पोस्ने भर्ती केन्द्र र बनाएको आरोप लगाएका हुन।

निर्वाचनका लागी अन्तिम तयारी बैठक १८ जुलाई साँझ बस्यो । जस्मा निर्वाचन समिति र वर्तमान कार्य समिति बिचमा भएका कुराकानी अनुसार अध्यक्ष मो. मुक्तदाले Australian company को Software खरिद गरेर निर्वाचनमा प्रयोग गरिने मेसिनलाई दश हजार डलर झण्डै १३ लाख नेपाली रकम उक्त अस्ट्रेलियन कम्पनीलाई दिनुपर्ने कुरा जानाकारी दिए। फेरी २८ जुलाईका दिन हुने तारे होटलमा महाधिवेशन गर्दा हुने खर्च पनी श्रमिकहरूकै पैसा खर्च गर्दा श्रमिकहरूले दुःख गरि कमाएको धनको दुरूपयोग भयो कि भन्ने प्रश्न उब्जेको छ ।

उनले भनेका छन् – श्रमिकमैत्री संस्था भन्ने अनी श्रमिकहरूको नाममा संकल गरेको रकम स्वाहा बनाउने? हामिले यो कस्तो श्रमिकमैत्री NRNA-NCC बनाउन खोजेका छौँ प्रतिप्रश्न गरेकाछन् । व्यक्तिगत स्वार्थभन्दा माथी उठी संस्थालाई सबैको हो भन्ने बनाउन उनको आह्वान छ ।

सन्तोष पौडेल बागलुङ सेवा समाज कतारका अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search