त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद, दिलिप भुजेल पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय विभागबाहिर कार्गो निरीक्षण गर्ने क्रममा सुन फेला परेको हो।

भन्सार स्रोतका अनुसार १६० टुक्रा सुन फेला परेको छ। राजस्व अनुसन्धान विभागले भने सुनको परिणाम कति भन्ने यकिन नभइसकेको बताएको छ।

सामानसहित ८० देखि १०० किलोसम्म हुनसक्ने अनुमान भने गरिएको छ।

‘त्यससँग जोडिएको अरू सामानसँग गणना गर्दा ८० देखि सय केजीको अनुमान गरिएको छ। थप अनुसन्धान भइरहेको छ,’ राजस्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगानाले भने।

सुन अहिलेसम्मकै फरक शैलीबाट राजस्व छलेर भित्र्याउन थालेको अवस्थामा विभागले सुराकीका आधारमा छापा मारेको स्रोतले बताएको छ।

स्रोतका अनुसार स्कुटरमा प्रयोग हुने ‘ब्रेक सु’ मा राखेर उक्त सुन ल्याइएको हो। विमानस्थलमा भएको एक्सरे मेसिनले पनि उक्त सुन पत्ता पाउन नसक्ने गरी भित्र्याइएको पाइएको हो।

विभाग प्रमुख ढुंगानाका अनुसार उक्त सुन हङकङबाट आएको क्याथे प्यासिफिक जहाजबाट बरामद भएको हो।

यस विषयमा थप अनुसन्धान भइरहेको छ र सुनको परिमाण थाहा पाउन राष्ट्र बैंक पठाइएको छ। उक्त बरामद गरिएको सुन २ बजेनै भन्सार पास भएको थियो करिब ८०- १०० किलो सुन ल्याउने दिलिप भुजेल नाम गरेका ब्यक्ती पक्राउ परेका छन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समातिएको करिब १०० किलो सुन क्याथे प्यासिफिक एअरलाइन्सको विमानमा स्कुटरको ब्रेक सुमा फिट गरेर सुन ल्याइएको थियो । राजश्व अनुसन्धान विभागको विषेश टोलीले बरामद गरेको सुन अपरान्ह २ बजे भन्सार पास भएर सिनामंगलस्थित विमानस्थल परिसर बाहिर आइसकेको थियो ।
विभागले सुन सहितको ब्रेक शु लुकाई राखेका दिलिप भुजेललाई पक्राउ गरेको हो । बरामद गरिएको सुनको परिमाण ८ हजार ८७३.५ तोला हुन आउँछ । आजको सुनको मुल्य अनुसार बरामद सुन एक अर्ब ५३ लाख ६७ हजार ५५० रुपैयाँ पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search