चितवन,३ साउन । बाघको आक्रमणबाट माडी नगरपालिका–३ मा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी रहनुभएको छ ।
निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन जानुभएका उहाँहरूलाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते उहाँहरूको बघौडा अस्पतालमा उपचार हुन नसकेपछि भरतपुर ल्याइएको कार्यालयले जनाएको छ ।
बाघले हिजो बेलुका करीब ५ः२० वजे आक्रमण गरेको हो ।
Post Views: 824