कावासोती,नवलपुर ।
बिहिवार सार्वजनिक भएको एसइई परिक्षाको नतिजा अनुसार कृतिका काफ्ले जिल्ला प्रथम हुन सफल भएकि छन।
प्रकाशित नतिजामा काफ्लेले ३.९५ जिपिए प्राप्त गर्दै जिल्लाको प्रथम भएको विश्वज्योती आवासिय माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रदिप बास्तोलाले जानकारी दिएका छन ।
छोरी जिल्ला प्रथम हुदा आफू अत्यन्तै खुसी भएको र आगामी दिनमा समेत छोरिले यस्तै सफलता प्राप्त गर्नेमा आफू आशावादी रहेको भन्दै बुबा झबिन्द्र काफ्लेले खुसी व्यक्त गरेका छन।कावासोती ६ बिस्णुनगर निवासी काफ्ले सानैदेखि अत्यन्तै अनुशासित तथा मेहनती भएको पनि विद्यालयले जनाएको छ।
विश्वज्योती आवसिय माविले विगतमा पनि राम्रो नतिजा दिएको र अहिले पनि त्यसैको निरंतरता भएको भन्दै आगामी दिनमा अझै राम्रो नतिजा निकाल्न विद्यालयले कुनै कसर नराख्ने समेत प्रध्यानाध्यापक बास्तोलाले बताए ।
Post Views: 441