गैरआवासीय नेपाली संघ कतार विवादको भूमरीमा

कतार । एनआरएनए,एनसिसि कतारको दशौँ अधिवेशनको मिति नजिकिंदै गर्दा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतार विवादित कार्यले तरंगित बनेको छ ।

अन्तिम परिषद भेलामा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको विवाद तथा उक्त भेलामा उठेका प्रश्नहरूको गर्मी नसेलाउँदै पुन: संस्थाको कार्यसमिती विवादमा तानिएर तातिएको छ। विधान संग सम्बन्धित रहेर अन्तिम परिषद भेलामा उठेका प्रश्नहरूको उत्तर अहिले सम्म राष्ट्रिय समन्वय समिति कतारले औपचारिक रूपमा सार्वजनिक गरेको छैन भने उठेका विवादलाई आन्तरिक रूपमा सहमतिमा मिलाएको भन्ने आरोप अझै खेपिरहेको छ।

NRNA, ICC मा केही समय अघी भएको सहमति अनुरुप दुइवटा भएको समूह मिलेर अधिवेसन गर्ने भनिएता पनि कतारको सन्दर्भमा मुक्तादा समूहले सुरेश भट्टको समूह सँग समन्वय नगरी बन्द गरिएको परिषद सदस्यता पुन: तिन दिनको निम्ति खुलाएको थियो जसको काउण्टरमा भट्ट समूहले केन्द्रलाई पत्राचार गरी एकताको वातावरण नाबिगारिदिन केही दिन अगाडि मात्र अनुरोध गरेको थियो ।
मुक्तदाको समूह केन्द्रको भावना विपरित भट्ट समूहलाई पेलेरै जान खोजेको देखिदै आएको छ। फुटेर दुईवटा भएको एनआरएन आईसीसी सहमतिमा पुगे पछि कतारमा पनि सहमतीको निमित्त संवाद हुनुपर्नेमा नभएको गुनासो सहित सुरेश भट्ट समुहले असन्तुष्टि जनाउँदै आएको छ।
यिनै विवादहरूका गर्मागर्मी बिच आज मिति ४-जुलाई २०२३ का दिन NRNA, NCC कतारका पूर्व प्रथम उपाध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार उत्तम गुरुङले संस्थाका सदस्यहरू आर्थिक अपचलनमा मुछिएको अभिव्यक्ति दिएका छन् । संस्थाका अध्यक्ष मुक्तादा मुसलमान, महासचिव पदम गिरी कोषाध्यक्ष बिनोद बसौला तथा सन्तोष रेग्मीले ILO Project को पैसा के कसरी खाएको छ, घोटाला कसरी गरेको छ त्यसको उत्तर दिनु पर्ने भन्दै संघ संस्था समन्वय २०२१ – २०२३ को ग्रुपमा लेखेका छन् ।

यो आर्थिक आर्थिक अपचलनको कुरा पत्रकार सम्मेलन मार्फत चाडै सार्वजनिक गर्ने कुरा समेत त्यही संस्थाको ग्रुपमा जनाएका छन्। NCC को कोषको रकम कहाँ कति निकालेर कहाँ लगानी गरिएको छ ? त्यसमा को को सहभागी बनेका छन् ? कुन कुन व्यवशाय बाट कति कति पायौ? NCC को परिषद सदस्यता आह्वान गर्दा के के चाहिन्छ भनेर भनेका थियौ र के कसरी सदस्यता पास गर्यौ? ३०० देखी ४०० जना सम्म परिषद सदस्यलाई वैध दस्तावेज बिना नै प्रमाणित कसरी गर्यौ आदि कुराको प्रमाण सहित लिएर पत्रकार सम्मेलनमा आउने जनाउंदै उक्त पत्रकार सम्मेलनमा प्रश्नहरूको सामना गर्न तयार रहन ग्रुप मार्फत भनेका छन्। वर्तमान प्रमुख सल्लाहकार उत्तम गुरुङले कार्यसमिति अर्थिक अपचलनमा मुछिएको दावी गर्दै संघसंस्था ग्रुपमा आफ्नो धारणा टाइप गरे पश्चात गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार भित्र रहेको आर्थिक अपचलनको गहिरो विषय बाहिर देखिएको छ ।

यो विषय बाहिरीए सँगै विनोद कुँवर समूह तर्फका NRNA, NCC कतारका अध्यक्ष सुरेश भट्टले यसको आधिरिकताको तुरुन्त पुष्ट्याई गर्न सामाजिक संजाल मर्फत माग गरेका छन्। सामाजिक संजाल फेसबुकको आफ्नो वालमा ” NRNA NCC कतारकै प्रमुख सल्लाहाकारबाट यस्तो प्रतिक्रिया आउँदा यसलाई आधार मान्न सकिन्न भन्ने हुँदैन ” भनेका छन्।
“मोहम्मद मुक्तदा नेतृत्वको NRNA भित्र यस्तो कुरा बारम्बार उठिरहेका विषय हुन् तर उठेका प्रश्नहरूबाट भागेर उहाँ दोस्रो कार्यकालको अन्तिम समयसम्म पनी जवाफदेहि बन्न नसक्नु भनेको शंकाको ठुलो घेरामा आफुलाई उभ्याउनु हो “। भनेर आफ्नो वालमा लेखेका छन्। ” गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कतार भित्र भएका विभिन्न किसिमका आर्थिक अपचलनका कर्तुतहरू अधिवेसनको छेक पारेर बाहिर निस्किन थालेका छन् जसले संस्था भित्र भएका आर्थिक अपचलनमा को को संलग्न छन् भन्ने कुराको निर्धारण गरिदिएको छ ।

यो भन्दा अगाडि पनि यस्ता किसिमका विषयहरू बाहिर आउने गरेका थिए, जसलाई विभिन्न माध्यमको प्रयोग गरेर दबाउने प्रयास गरिन्थ्यो। यसपाली संस्था भित्रै बाट आवाज निस्किएको हुँदा सम्बन्धित पक्षले यसको कसरी जवाफ देला? या यतिकै दवाउला?” भन्दै संजाल मार्फत शंका व्यक्त गरेका छन्।
भट्टले आफ्नो वालमा अझै थप्दै “हिजो यही विषय मैले उठाउँदा मुक्तदा समूहले त्यसलाई डिफेन्ड गर्नको निमित्त विभिन्न किसिमका समूह परिचालन गर्‍यो। तर अहिले समिकरणिय परिस्थिति परिवर्तन हुन साथ संस्था भित्र भएका विकृतिहरू बाहिर आएका छन् । यस्ता कार्यहरूमा संलग्न भएका सबै फोहोरलाई बाहिर ननिकाले सम्म संस्था शुद्ध हुने छैन। संस्थाको शुद्धिकरणको निमित्त बाहिर निस्किएका सबै बिषयलाई न्यायिक ढंगले यथोचित निराकरण नगरेसम्म यो विषय पेचिलो बनिरहने भयो।

यतिखेर चुप लागेर बस्ने समय होइन, समाज खण्डित तुल्याउने यस्ता अपचलनका विषयलाई तुरुन्त सम्बोधन गर्नको निमित्त उचित कदम चाल्नु पर्ने हुन्छ। NRNA संस्था धाराशायी हुनु अगावै यसको निराकरण को निमित्त जिम्मेवार पक्ष सक्रिय होस् ।” भन्दै यसका निम्ति समाजका अग्रजहरूको सामाजिक संजाल मार्फत ध्यानाकर्षण गराएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search