लोपोन्मुख चराहरुको बासस्थान बन्दै सामुदायिक वन

सुमन लम्साल
कावासोती,नवलपुर ।
लोपोन्मुख चराहरुको बासास्थान बन्दै आएको सामुदायिक वनहरुमा लोपोन्मुख चराहरु देखिन थालेका छन । लोपोन्मुख चराको सुचीमा रहेको खर मजुर देखिनथाले पछि संरक्षणकर्मीहरु निकै खुसी भएका हुन ।

खर मजुर चितवन राष्ट्रिय निकुञ्जको लोपोन्मुख चराको रुपमा रहेको चरा हो । यो चरा करीब ८-९ बर्ष पछि नवलपुरको कावासोतीको नमूना सामुदायिक बनमा देखापरेको छ । संरक्षणकर्मी प्रेम महतोले आफ्ने सामाजिक संजालमर्फत फाेटाे सार्बजनिक गरेका छन ।

त्यस्तै संरक्षणकर्मी एवम् CBAPU समुदायमा आधारित चोरीसीकारी विरुद्धको युवा जागरण अभीयान लामीचौरका अध्यक्ष सुधन लम्सालले उक्त लोपहुने अबस्थामा पुगेका चारहरु देखिनु हामी नेपाल र नवलपुरका संरक्षणकर्मीहरुका लागि र नवलपुर पर्यटनको क्षेत्रको लागि खुशीको कुरा भएको बताए ।

लोपहुने अबस्थामापुगेका चारहरु देखिन लगेकोमा संरक्षणकर्मीहरु निकै खुसी भएका छ्न । यस क्षेत्रको पर्यटनकोलागि सुभसंकेत हो भन्छन् । बासस्थानमा आएको सुधार र यहाँको हाबापानीको कारण लोपहुने अबस्थामापुगेका चाराहरु देखापर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search