बुटवल, १३ जेठ । सूर्योदय वोमि लघुवित्त वित्तीय संस्थाले क्षेत्रीय कार्यालय सुनवल अन्तर्गत ४० शाखाको ३ दिने चालु आ.व.को लक्ष्य प्रगति समिक्षा र आगामि बार्षिक बजेट तथा रणनिति तर्जुमा गोष्ठि २०८०/८१ सम्पन्न गरेको छ ।
गोष्ठिमा संस्थाको तर्फवाट सञ्चालक कमल भण्डारि प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनि , जोखिम ब्यवस्थापन बिभागका बिभागिय प्रमुख घनश्यम भट्टराई , सामान्य सेवा बिभागका बिभागिय प्रमुख सुर्य प्रसाद पौडेल, सुचना बिभागमा कार्यरत अधिकृत अन्जान थापा,केन्द्रीय कार्यालय मा बिभिन्न विभागमा आवद्ध कर्मचारीहरु, क्षेत्रीय कार्यालयका प्रमुख र क्षेत्रीय कार्यालय सुनवल अन्तगर्तका अनुगमन स्टेशनमा कार्यरत अनुगमन अधिकृत हरु गरी करिव ५० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।
वित्तीय संस्थाका सञ्चालक कमल भण्डारिले कार्यक्रमको उद्घाटन गर्दै ३ दिने गोष्ठि उदेश्य र महत्वबारे सहभागीलाई जानकारी गराएका थिए । बित्तीय संस्थाका प्रमुख कार्यकारि अधिकृत मोक्ष प्रसाद पंगेनि ज्यु ले अहिले केहि अराजक समुहले धमिलो पानीमा माछा मार्ने प्रयास गरेको र समग्र लघुबित्तिय सस्थाहरु माथि गलत कुरा गरि सोजा साझा जनतालाई झुक्काएको बताउनु भएको थियो ।
यहि जेठ १० गते देखि १२ गते सम्म आयोजित यस कार्यशालामा लुम्बिनि प्रदेशका क्षेत्रीय कार्यालय सुनवल र सो अन्तगर्तका अनुगमन स्टेशनहरुको लक्ष्य/प्रगति, भावि योजना, अनुभव आदान प्रदान, आर्थिक वर्ष २०७९/०८० असार मसान्तको प्रोजेक्सन र आगामी आर्थिक वर्ष २०८०/०८१ को रणनीति तथा लक्ष्य निर्धारण, शाखा ब्यवस्थापन, शाखा संचालन व्यवस्थापनमा प्रादेशिक प्रमुख, क्षेत्रीय प्रवन्धकको भूमिका, शाखा अनुगमन, ब्यवसायिक रणनीति/कृषिमा आधारित नयाँ कर्जा प्रोडक्ट सम्वन्धि विषय, ग्राहक पहिचान तथा बचत खाता ब्यबस्थापन, भाखा नाघेको कर्जा ब्यवस्थापन, जनशक्ति ब्यवस्थापन, लघुवित्त संचालनका क्रममा आइपरेका समस्याको समाधान, कर्जा लगानी ब्यवस्थापन, इन्टरनल कन्ट्रोल एण्ड अडिट सिस्टम, निरिक्षणका क्रममा देखिएका कैफियतहरु र ग्राहक सदस्यहरु संग गर्ने व्यवसायिक व्यवहार र सम्बन्ध लगायत समसामयिक विषयवस्तुमा विभागिय प्रमुखवाट प्रशिक्षण दिईएको थियो ।
संस्थाको क्षेत्रीय प्रमुख भरत काफ्लेबाट नियामक निकायबाट जारी निर्देशन, भावि योजना रणनीति तथा अन्य समसामयिक विषयमा उत्प्रेरित गदै कर्मचारीहरुलाई मार्गनिर्देशन गरेका थिए ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनि ले कार्यशालामा सहभागी सवैलाई आवश्यक उत्प्रेरणा र मार्गनिर्देशन सहित कार्यशालाको समापन गर्नुभएको थियो ।
वित्तीय संस्थाले साघा -१३ काभ्रेपलाञ्चोक मा केन्द्रीय कार्यालय स्थापना गरि ५८ जिल्लामा १९३ वटा शाखा र ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय विस्तार गरी करिब एकलाख असि हजार विपन्न घरपरिवारलाई लघुवित्त सेवा प्रदान गदै आएको छ ।