संरक्षण र साहित्यको संगम : घडियाल काव्य उत्सव

नवलपुर- नवलपुर जिल्लाको पर्यटन सम्भावनाका विविध आयामहरुलाई समेट्दै दोस्रो संस्करणको घडियाल काव्य उत्सव सम्पन्न भएको छ ।

नवलपुरको देवचुली नगरपालिकामा रहेको पर्यटकीय क्षेत्र पिप्रहर सामुदायिक होमस्टे ग्राममा बैशाख २२ र २३ गते उत्सव आयोजना गरिएको थियो । विश्वबाट नै लोप हुन लागेको अति संकटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि संरक्षणकर्मीहरु, विभिन्न उच्च ओहोदाका व्यक्तित्वहरु, साहित्यकर्मीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, राजनितिज्ञहरु, विभिन्न पेशाकर्मी, शैक्षिक हस्तीहरु तथा विद्यार्थी एवम् स्थानीय जनसमुदायहरुको उपस्थितिमा काव्य उत्सवको संचालन गरिएको हो ।

No description available.
घडियाल काव्य उत्सवमा घडियाल गोहीको मात्र कुरा भएनन् । नवलपुरको पर्यटकीय सम्भावना, जैविक विविधता, दिगो पर्यटन, ग्रामिण पर्यटन एवम् पर्यटनसँग सम्बन्धित विभिन्न क्षेत्रमा फरक–फरक व्यक्ति विशेषसँग बहस, छलफल र पैरबी भए । उत्सवमा सरोकारवालाहरुले   संरक्षणमा हरेक व्यक्ति, संस्था र समुदाय एकजुट भएर लाग्नुपर्ने आवश्यकता औल्याए । No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search