देवचुली । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली –१५,मा यात्रु बाहक बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज बिहान बुटवलबाट नारायणगढका लागि छुटेको ना ८ ख २५३८ नम्बरको बस आफै अनियन्त्रीत भएर पल्टिँदा दुई जना घाइेत भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी सन्तोष पाठकले बताउनुभयो ।
बसमा चालक ,सहचालक सहित ७ जना सवार रहेकोमा दुई जना घाइते भएका हुन् । घाइते हुनेमा काठमाण्डौं नागार्जुन –७ ,बस्ने २१ वर्षीय रिपा खनाल र पश्चिम नवलपरासी सुनवल–१३ ,बस्ने २५ वर्षीय विन्दु अधिकारी रहेका छन् । घाइते दुवै जनाको देवचुली अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
Post Views: 1,507