नारायण भण्डारीले गरे प्रदेश सभा सदस्यको लागि नवलपुर क्षेत्र नं. १ (क) बाट स्वतन्त्र उमेदवारको घोषणा

देवचुली ,३१ भाद्ग । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नवलपुर क्षेत्र नम्बर १ (क) बाट नारायण भण्डारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।

भण्डारीले नवलपुर क्षेत्र नं १ ‘क’ बाट प्रदेश सभा सदस्यका लागि उम्मेदवारी घोषणा गरेका हुन् । शुक्रबार रजहरमा पत्रकार सम्मेलन गरि भण्डारीले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् । नवलपुर विकासका लागि ५ ‘ज’ का एजेण्डा अधि सार्दै उनले पुराना अनुहारलाई विस्तापित गर्नुपर्ने बताएका छन् । उनले विकासका लागि ५ ज अर्थात जनशक्ति , जमिन ,जनावार, जलस्रोत, जडीबुटीको ब्यबस्थापन गर्न सके मात्रै विकासले फड्को मार्ने बताउनु भयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलको समेत निर्वाचन क्षेत्र रहेको सो क्षेत्रमा आँफूले दाबेदारी प्रस्तुत गरेको भण्डारीले बताए । स्वतन्त्र रुपमा बालें हर्क जस्ता युवाहरुले विकासको गति लिईसकेकाले अवका दिनमा बुढा पाका भएका पुराना पार्टीको पछी लागेर भन्दा पनि स्वतन्त्र रुपमा दावेदार रहेमा आफूखुसी विकास गर्न सक्ने बताएका छन् ।

गत स्थानीय तहको निर्वाचनमा देवचुली नगरपालिका ४ बाट वडाध्यक्ष पदमा उमेदवार दिएका थिए । स्थानीय तहको निर्वाचनमा पराजित भए सँगै जनता समाजवादी पार्टीको गण्डकी प्रदेशको उपाध्यक्ष पद त्यागि हाल स्वतन्त्र बाट प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नवलपुर क्षेत्र नम्बर १ (क) बाट आफ्नो दावेदार रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search