चितवन । चितवनमा कोरोनाको कारणले एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणले गम्भीर भएका उनको भरतपुर अस्पतालको आईसीयूमा उपचारको क्रममा निधन भएको हो । खैरहनी नगरपालिकाका स्थायी बासिन्दा मृतक ४७ वर्षीय पुरुष रहेको भरतपुर अस्पतालका कोभिड क्लिनिकल कोअर्डिनेटर डा प्रमोद पौडेलले जानकारी दिए ।
डा पौडेलले सुगर, प्रेसर जस्ता कुनै दीर्घरोग नभए पनि उनको कोरोनाको कारणले निमोनिया भई अक्सिजनको तह घटेर निधन भएकोले सबै जना सतर्क हुन आग्रह गरे । उनले भने, ‘ चितवनमा सबैले स्वास्थ्य सावधानी अपनाउनु पर्ने भएको छ । ४७ वर्षीय पुरुषको निधनले थप सतर्क बनाएको छ ।’ चितवनका सक्रिय संक्रमितको संख्या ८३ पुगेको छ । जसमध्ये अस्पतालको आइसोलेसनमा चार जना र घरमा ७९ जना रहेका छन् ।
Post Views: 589