प्रेस सेन्टर नवलपरासीका अध्यक्षको निधन

गुल्मीमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक पत्रकारको मृत्यु भएको छ ।

धुर्कोट गाउँपालिका -४ जैसिथोक निवासी ३४ बर्षिय राजु भनेर चिनिने घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो । पोखरेल आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रूखबाट लडेका थिए । उनलाई उपचारका लागि गुल्मी अस्पतालमा ल्याएपनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी माधव खरेलले जानकारी दिए

पोख्रेल रेडियो नवलपरासीस्थित रेडियो दौदरीका स्टेसन म्यानेजर एवम् प्रेस सेन्टर नवलपरासीका अध्यक्ष हुन् । उनी भेटघाटको लागि पाँच दिनअघि घर आएका थिए ।

पोखरेलले विगत लामो समयदेखि नवलपरासीमा पत्रकारिता गर्दै आइरहेका थिए । भेटघाटको लागि पाँच दिनअघि पोखरेल घर आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search