कृष्ण सापकोटा ” सेन्टी ” – हप्तामा २ दिन सार्वजनिक बिदा दिंदा सेवाग्राही साथै विद्यार्थीहरुमा समस्या नै समस्या देखा पर्न थालेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र सहजताको आडमा नेपालमा सरकारी कर्मचारी र बिद्यालयहरुमा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हप्तामा १ दिन शनिवार मात्र बिदा दिँदै आएकोमा शुक्रवार पनि आधाआदी त लस्याङ्फस्याङ गर्दैमा सकिन्थ्यो तर अब सरकारले आईतवार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै हप्ताको ३ दिन त्यसको असर पर्न जान्छ । देशमा पटक–पटक भएका राजनीतिक परिवर्तनले कर्मचारीको कार्यशैलीमा परिवर्तन ल्याउन नसकेको आक्षेप उनीहरूसँगै कार्यानुभव गरेका राजनीतिकर्मीले लगाउने गरेका छन् ।तिनै कर्मचारीमा कार्यचुस्तता र सरकारी खर्चमा मितव्ययिता ल्याउन भनेर जेठ महिनादेखि हप्ताको दुईदिन सार्वजनिक विदा दिने निर्णय गरेपनि त्यसको प्रभावकारिता भने कत्ति देखिएन । सरकारको यस्ता बिदेशी देखासिकीका हचुवाका निर्णयले नेपालमा झनै समस्या थपिएको देखिन्छ ।
सरकारले सरकारी कर्मचारिको कार्यावधी समय थप गरि बिहान ९:३० देखि बेलुकी ५:३० सम्म अफिस खुल्ला राख्नुपर्ने भनेर जानकारी गराएको छ । यसो त बिद्यालयहरुलाई पनि यो समय तालिका कार्यान्वयन हुनुपेर्ने हो तर बिद्यालयहरुमा बिहान १० देखि ४ बजे सम्म मात्र पनि समय राख्दा विद्यार्थीहरु पुर्णरुपमा थकित हुने गरेका छन अब ५:३० सम्म बस्नुपर्ने हो भने विद्यार्थीहरुले पुन: उर्जा कायम गर्नुपर्ने हुन्छ । सरकारले सरकारी कार्यलयहरुलाई सार्वजनिक बिदा दिने निर्णय गरे सँगै केही निजि बिद्यालयहरु पनि तछाड मछाडमा बिदाको घोषणा नै गरिसकेका छन । शिक्षा प्रणाली गुणस्तर कसरी बनाउने भन्नेमा भन्दापनी समय कसरी कटाउने भने जस्तै आजको शिक्षकहरु बिदा भैदिए हुन्थ्यो भन्नेमा धेरै देखिन्छन । यसो त पठानपाठन गर्ने दिन घटेपछी शैक्षिक शुल्कमा पनि घटेर आउनुपर्ने हो तर शिक्षा प्रणाली फितलो भएको अभिभावकहरु बताउँछन । आफ्ना बाबुनानिलाई बिद्यालय सिक्नको लागि पठाईने हो तर अब घरमै २ दिन यसै बिताईदिने हुँदा सिकाईमा कमजोर पर्ने अभिभावकहरुको गुनासो रहेको छ ।
सरकारी कार्यलयहरु बिहान ९:३० देखि बेलुको ५:३० सम्म खुला रहने भनेता पनि अधिकांश कर्मचारिहरु लामो समय निरन्तर काम गर्दा उर्जा शक्तिमा ह्रास हुन जान्छ जसले गर्दा कामको गतिमा सुस्तता देखिन सक्ने कर्मचारिहरु बताउँछन । २ दिन सार्वजनिक बिदाले कर्मचारिहरुलाई त फाईदा नै हुन्छ, परिवार सँग समय बिताउन सहजता हुन्छ तर कार्यलयमा हप्ताको ५ दिन मात्र काम हुने हुँदा काममा अलि चाप पर्न जान्छ कि भन्ने अनुमान लगाउछन । कर्मचारिहरुको काम गर्ने गतिमा तिब्रता नआउने हो भने यो २ दिन बिदा दिने निर्णय सेवाग्राहिहरुको लागि तनाव नै भएर आउँछ ।
शुक्रवार त आधाआदी काम हुँदैहुँदैन त्यसैमा पनि शनिवार र आईतवार पनि सार्वजनिक बिदा हुँदा ५ दिनमा कामको चाप र सेवाग्राहिहरुले लाईन बसिरहन झन्जट मान्न सक्छन र बैकल्पिक उपायमा चियापसल / फोटोकपी पसलमा रकम दिएर छिटो काम गराउने आसमा नफस्लान भन्न सकिँदैन । यसो गर्दा देशमा भ्रस्टाचार र कालो धन्दा फैलिने संकेत देखिन्छ ।निरन्तरता यो शैली चल्ने हो भने सेवाग्राही लुटिने सरकारी कर्मचारी मोटाउने पक्कापक्की नै छ । सरकारले देशलाई भ्रष्टाचार मुक्त देश बनाउन कसरत त गर्यो तर यस्ता खालका हचुवाका निर्णयले सेवाग्राहिहरु लुटिने सम्भावना बढी देखिन्छ । यसै सम्बन्धी विभिन्न बिज्ञहरु सँगको कुराकानिमा आ-आफ्नो धारणा यसरी राखेका थिए ।
तस्विर सामाजिक संजाल मार्फत संकलन गरिएको हो ।