नेपाली काँग्रेस गैँडाकोटले सापकोटालाई गर्यो बर्खास्त

नेपाली काँग्रेस गैँडाकोटले नगरकार्यसमिति सदस्य छविलाल सापकोटालाई कारवाही गरेको छ । सापकोटाले पार्टी हित विपरित काम गरेको भन्दै नगर समिति सदस्यबाट बर्खास्त गरिएको नगरसभापति बद्रि सापकोटाले बताउनुभयो । स्थानीय तहको निर्वाचन २०७९ मा पार्टीको विपरित गई अहित हुने काम गरेको भन्दै नगरकार्य सम्पादन समितिको बैठकमा साधारण सदस्य समेत नरहने गरी कारवाहीको लागि जिल्ला अनुशासन समितिमा सिफारिस गरिएको नगर सभापति सापकोटाले बताउनुभयो ।यस्तै गैँडाकोट ६ का वडा सभापति प्रकाश भूषालको राजिनामा अस्विकृत गरिएको नगरसभापति सापकोटाले विजय एफएमलाई जानकारी दिनुभयो। भूषालले गैँडाकोट ६ मा नेपाली काँग्रेसका उम्मेद्वारहरु पराजित भएपछि नैतिकताको आधारमा भन्दै राजिनामा नगरमा बुझाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search