देवचुली १६ को वडाध्यक्षमा केशवराज गौतम सहितको एमाले प्यानलले नै जितेपछि बिजय र्‍याली गर्दै

जेष्ठ ३, देवचुली। स्थानीय निर्वाचन २०७९ को निर्वाचन कार्य सकिएर नवलपुरको देवचुली १६ को भने केहि समस्याको कारण मत गणना रोकिएको थियो । उक्त रोकिएको मत गणना पुनः संचालनमा आई  देवचुली नगरपालिका वडा नं १६ मा नेकपा एमाले प्यानल नै विजयी भएको छ ।

वडा नं १६ को वडाध्यक्षमा नेकपा एमालेबाट उम्मेदवारी दिनुभएका केशवराज गौतमले जित हासिल गर्नुभएको हो ।

गौतमले आफ्ना प्रतिद्वन्दी नेकपा माओवादी गठबन्धनका केशर बहादुर क्षेत्रीलाई हराउनुभएको छ ।
यसैगरि महिला वडा सदस्यमा जानकी लामिछाने, महिला दलित लक्ष्मी वि.क, खुल्ला वडा सदस्यतर्फ भूपाल अधिकारी र रामबहादुर सोमै मगरले गरि प्यानल नै विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search