देवचुली ११ मा एमालेका वडाध्यक्षमा तिल प्रसाद काफ्ले सहितको प्यानल विजयी

जेष्ठ ३ , देवचुली।   देवचुली नगरपालिका वडा नं ११ मा नेकपा एमाले विजयी भएको छ । वडा नं ११ को वडाध्यक्षमा नेकपा एमालेबाट उम्मेदवारी दिनुभएका तिल प्रसाद काफ्लेले जित हासिल गर्नुभएको हो ।

काफ्लेले ९ सय ४५ मत प्राप्त गरि विजयी हुनुभएको हो भने नेपाली काँग्रेस गठबन्धनका उम्मेदवार बाबुराम घिमिरेले ८ सय ८५ मत प्राप्त गरि विजयी हुनुभएको हो । काफ्लेले घिमिरेलाई ६० मतले पराजित गर्नुभएको हो ।
यसैगरि महिला वडा सदस्यमा बेलिमाया पुलामी मगरले ९ सय ६९, महिला दलित वडा सदस्यमा मिना कुमारी विश्कर्माले ९ सय ८४, खुल्ला वडा सदस्यतर्फ डम्बरबहादुर सिंजालीले ९ सय ९४ र दर्गा चापागाईले ९ सय २४ मत प्राप्त गरि प्यानल सहित विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search