पत्रकारलाई रिपोर्टिङका लागि विशेष पास नचाहिने,सूचना विभागबाट जारी भएको प्रेस कार्डको आधारमा सवारी चलाउन पाउने

बैशाख २९,  निर्वाचनको रिपोर्टिङका लागि पत्रकारलाई विशेष पास नचाहिने भएको छ । नेपाल पत्रकार महासंघको आग्रहमा निर्वाचन आयोगले निर्वाचनका दिन सूचना विभागबाट जारी भएको पत्रकार परिचयका आधारमा नै सवारी चलाउन पाउने व्यवस्था गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार महासंघको आग्रहअनुसार अब सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्र भएकाले विशेष पास लिनुपर्ने छैन ।  यस्तै परिचय पत्र नहुनेको हकमा भने सञ्चार गृहले सिफारिस गरेका आधारमा पास उपलब्ध हुनेछ ।

यसअघि विशेष पास बिना रिपोर्टिङ गर्न नपाइने व्यवस्था आयोगले गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search