बारा । स्थानीय तहको चुनावको लागि सिमा नाका बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सोमबार सुचना जारी गर्दै सिमा नाका बन्द हुने जनाएकाे छ ।
स्थानीय तहको चुनावको लागि सुरक्षाको मध्य नजर गर्दै सिमानाका बन्द गर्ने निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले बताए ।
मगलवार राती १२ देखी बैशाख ३य गते सम्म भारतसंग जाेडिएका सिमा नाकाहरू बन्द रहने उनले बताएका छन् ।
वैशाख ३० गते हुने चुनावमा कुनै किसिमको हुलदङ्गा, अप्रिय घटना रोक्नको लागि मगलवार राती १२ देखी मतदान प्रक्रिया सम्पन्न नभए सम्मको लागि मदिरा ओसारपसार बिक्री वितरण र सेवन गर्नको लागि प्रतिबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।
जिल्ला प्रशासन कार्यलयले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै अनुमति प्राप्त बाहेकको सवारी साधन सञ्चालनमा निषेध गरेको छ । एम्बुलेन्स, दुध तथा औषधी बोकेको सवारी साधन, खानेपानी ट्यांकर, दमकल, दूरसञ्चार सेवा, शव वाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता, अत्यावश्यक सेवा र कुटनीतिक नम्बर प्लेटका सवारी साधन र अनुमति प्राप्त बाहेकका सवारी साधन सञ्चालनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालयको सुचनामा उल्लेख गरिएको छ ।