आक्रमणमा परेको भनिएकी नेपाली काँग्रेस हुप्सेकोट गाउँपालिकाकोे अध्यक्षमा उमेदवार पाण्डेलाई कुनै चोटपटक नलगेको

कावासोती- एका बिहानै नवलपुर नेपाली काँग्रेस र नेकपा एमाले बिच भएको झडपको समाचारले देशै तात्योे । नवलपुरको हुप्सेकोट गाउँपालिकामा गएराति एमाले कार्यकर्ताले आक्रमण गरेको भन्दै जिल्ला सभापति महेन्द्रध्वज जिसीले विज्ञप्ति नै सार्वजनिक गरे ।

विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७९ साल बैशाख २० गते हुप्सेकोट ४ स्थित झ्यालवासको गाउँटोलको चुनावी भेटघाट सकेर नीजि निवास फर्कदै गर्दा चोक चोकमा बसेका नेकपा एमालेका कार्यकर्ताले नेपाली काँग्रेसको तर्फबाट हुप्सेकोट गाउँपालिकाकोे अध्यक्षमा उम्मेदवार लक्ष्मीदेवी पाण्डे, उपाध्यक्षका उम्मेदवार पूर्णसिंह राना माथि आक्रमण गरेको घटनाप्रति नेपाली काँग्रेस घोर भत्र्सना गर्दछ ।’ सभापति जिसीद्धारा हस्ताक्षरित विज्ञप्ति अनुसार उम्मेदवार पाण्डे घाइते भई कालिगण्डकी अस्पतालमा उपचाररत छिन् ।

काँग्रेसले सार्वजनिक गरेको विज्ञप्ति


प्रहरी स्रोतका अनुसार घटना २० गते (मंगलबार) राति २२ः३० (१०ः३०) बजे घटेको हो । यता, आक्रमणमा परि घाइते भएको भनिएकी उम्मेदवार पाण्डे बिहान ६ः१५ बजे मात्रै कावासोतिस्थित कालिगण्डकी अस्पताल पुगेको र कुनै चोट पटक नलागेको अस्पताल स्रोतले बतायो ।

स्रोतका अनुसार उनको सबै रिपोर्ट सामान्य छ  । उपचारमा संलग्न चिकित्सकको भनाई उधृत गर्दै स्रोतले भन्यो,‘रिपोर्ट सबै नर्मल छ । चुनावमा घरदैलो, दौडधुपको कारण थोरै धपडी भएको हो । अरु त्यस्तो केही छैन ।’ कालिगण्डकी अस्पतालमा लक्ष्मी पाण्डे विज्ञप्तिमा गाडी तोडफोड भएकोप्रति पनि पार्टीले भत्सना गरेकाे छ ।

यता, घटनाबारे अतिरन्जित गरिएको भन्दै हुप्सेकोट एमालेले पनि विज्ञप्ति जारी गरेको छ । ‘हुप्सेकोट १, बेलुवा बस्ने बर्ष ३२को मनोज गुरुङ र आफुसँगै सवार सोही वडाका बर्ष ३२ का जयराम महतो गुहेरी हुँदै झ्यालबास हुँदै बेलुवा जाने बाटोमा पर्ने बुद्ध चोक भन्ने ठाउँमा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले प्रयोग गर्ने स्कर्पियोमा सवार नेपाली काँग्रेसका कार्यकर्ताहरुले मनोज गुरुङलाई आक्रमण गरि सख्त घाइते बनाए’ विज्ञप्तिमा उल्लेख छ ।

एमालेले सार्वजनिक गरेको विज्ञप्ति


नेकपा एमाले हुप्सेकोट गाउँपालिका कमिटी सचिव मदन थापाका अनुसार प्रहरी आक्रमणकारीहरुबारे जानकार थियो । गुरुङलाई आक्रमण गर्नेहरुलाई नियन्त्रणमा नलिई उल्टै एमाले कार्यकर्तामाथी लाठी चार्ज गरेको उनको आरोप छ । प्रहरीसँगै सोही समयमा काँग्रेस कार्यकर्ताले पनि आक्रमण गरेको उनले बताए ।

प्रहरीका अनुसार घटनामा मनोज गुरुङ, बस्ने हरी केसी र चुडा ब. शेरपुन्जा मगर घाइते भएका छन् । घाइते सबै एमालेमा आवद्ध हुन् । उनिहरुको टाउको र हातमा चोट लागेको छ । उनिहरुलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा लगिएकोमा थप उपचारका लागि आज २ बजे नयाँ मेडिकल कलेज भरतपुर रिफर गरिएको छ ।

पहिलो आक्रमण कांग्रेसबाटै

नाम नबताउने सर्तमा एमालेका एक कार्यकर्ताले गाडी तोडफोड गर्नु गल्ती भएको सुनाए । काँग्रेस कार्यकर्तालाई एमालेका मनोज गुरुङलाई पहिला आक्रमण गरेपछि लफडा सुरु भएको उनको भनाई छ ।

उनले भने ‘काँग्रेसका केटाहरुले नै मनोजलाई आक्रमण गरेपपछि यो लफडा सुरु भएको हो । प्रहरीले पनि काँग्रेसप्रति झुकाव देखायो । हाम्रा साथीहरु उल्टै कुटिएका हुन् । तर उम्मेदवार चढ्ने गाडी तोडफोड हुनु चाहिँ गलत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search