भरतपुर महानगरको गठबन्धनका उमेदवारको प्रतिबद्धता, महिलालाई निःशुल्क इलेक्ट्रक बस सेवा

चितवन । भरतपुर महानगरपलिकाको गठबन्धनका उमेदवारले प्रतिबद्धतापत्र सार्वजनिक भएको छ । आज भरतपुर महानगरका गठबन्धनका उमेदवार रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले मंगलबार प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

गठबन्धनको प्रतिबद्धतामा महानगरमा सार्वजनिक इलेक्ट्रिक बस सेवा सञ्चालन गरिने र ७० वर्ष नाघेका वृद्धवृद्धा, अपाङ र महिलालाई निःशुल्क बस सेवा उपलब्ध गराइनेछ । गोन्द्राङ, पोखरा बसपार्क, धु्रब, गोलाघाट, रातापुर, शुक्रनगर र गंगानगरमा इलेक्ट्रिक बसका लागि चार्जिङ स्टेशन रहनेछन् । विद्यार्थीलाई ५० प्रतिशत छूटमा बस सेवा उपलब्ध गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search