सुकुम्बासीकाे समस्या समाधान एमालेले गर्छ, नगरबाटै कानुन बनाई पहल गर्छु : मेयरका उम्मेदवार भुसाल

कावासाेती । सुकुम्बासीकाे समस्या समाधान एमालेले मात्रै गर्ने एमालेबाट कावासाेतीकाे मेयर पदका उम्मेदवार विष्णुप्रसाद भुसालले बताउनुभयो । कावासाेती १७ काे घरदैलो कार्यक्रमका क्रममा विभिन्न ठाउँमा भएका काेण सभामा बाेल्दै भुसालले कावासाेतीमा सुकुम्बासी समस्या ठुलो रहेकाे बताउदै याे समस्या समाधानका लागि आफुले पहल गर्ने बताउनुभयो । एमालेकाे सरकार हुदा भुमि आयाेग गठन गरि पुर्जा वितरणकाे तयारी गरिरहेकाे स्मरण गर्दै काङ्ग्रेस नेतृत्वकाे गठबन्धन सरकारले आयाेग खारेजी गरेकाले पुर्जा वितरण राेकिएकाे बताउनुभयो ।

कावासाेतीमा कतिपय वडामा नापीकाे काम समेत सकिएको अवस्थामा आयाेग विगठन हुदा काम राेकिएकाे भन्दै अब एमालेकाे सरकार स्थापित भएपछि यसकाे समस्या समाधान हुने उम्मेदवार भुसालले बताउनुभयो । केन्द्रमा फेरि आयाेग गठन गरेको भएपनि कुनै काम गर्न नसकेको र नवलपुरमा जिल्ला आयाेग गठन समेत हुन नसक्दा सुकुम्बासीले पुर्जा पाउने सपना लम्बिएको बताउदै एमालेकाे सरकार स्थापित भएपछि राेकिएकाे काम अघि बढ्ने बताउनु भयाे ।
नगर भित्रकाे सुकुम्बासी समस्या समाधानका लागि आफू निर्वाचित भए नगरबाटै कानुन निर्माण गरेर भएपनि पहल गर्ने एमालेका मेयर पदका उम्मेदवार भुसालले बताउनुभयो ।

स्थानीय तह आफैमा शक्तिशाली सरकार भएकाे बताउदै आफू निर्वाचित भए पुर्जा वितरणमा कानुन बनाएर भएपनि काम गर्ने उहाँको भनाइ छ।
यसबाहेक कृषि उत्पादन ,स्वास्थ्य ,शिक्षाकाे गुणस्तर वृद्धि लगायतमा आफुले काम गर्ने भुसालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जनताका साना साना समस्याकाे पहिचान गरि समाधानमा हर सम्भव आफू लगायत पुरै टिम लाग्ने बताउदै आफू सहित एमालेका सबै उम्मेदवारलाई आफ्नो अमुल्य मत दिएर बिजय गराउन आग्रह गर्नुभयो । एमालेले उप मेयर पदमा फुल कुमारी थनेतलाई अगाडि सारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search