भरतपुरको चुनावी सभामा प्रधानमन्त्रीसहित प्रमुख नेता सहभागी हुने

चितवन- कांग्रेसबाट गठबन्धनका उम्मेदवारबिरुद्ध उठेका बागी उम्मेदवारका कारण चर्चामा रहेको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनले आगामी वैशाख २२ गते चुनावी सभा गर्ने भएको छ।

सभामा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका चितवन संयोजक रामचन्द्र अधिकारीले बताए।

सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ। सभामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री  गगन थापा, अर्का नेता शेखर कोइरालालगायतले सम्बोधन गर्ने कार्यक्रम छ। सभामा जसपा र राष्ट्रिय जनमोर्चाका नेताहरुले पनि सम्बोधन गर्नेछन्।

सभा भरतपुरको हाकिमचोकमा हुनेछ। कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले सत्ता गठबन्धनका उम्मेदवार रेनु दाहाललाई चुनौती दिएका कारण भरतपुर गठबन्धनका लागि प्रतिष्ठाको विषय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

Leave a Comment

सम्बन्धित समाचार

खोजि गर्नुहोस ...

Search